नामी कप थ्री बाई थ्री बास्केटबलमा घरेलु टोली क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०६
  • |
  • 129 पटक हेरिएको

काठमाडौं, ६ माघ । नामी कप थ्री बाई थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगितामा घरेलु टोली क्वाटर फाइनलमा पुगेको छ । आइतबारदेखि शुरु भएको प्रतियोगितामा आयोजक नामी कलेजले साइपल कलेजलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

आइतबारको नतिजासँगै नामी कलेज, ब्रिटिस, मल्पी, एस, एलए, ओरिएन्ट र ट्रिनिटी कलेज क्वाटर फाइनलमा पुगे । व्रिटिसले रुपीसलाई ७–३ ले पराजित गर्दा घरेलु टोली नामीले साइपलमाथि १८–३ को फराकिलो स्कोरले पाखा लगाएको थियो । यस्तै मल्पीले साईपालमाथि २०–८ को स्कोरमा जित निकालेको थियो ।

साइपालले एकै दिन दुई पटक प्रतिस्पर्धा गरेको थियो । यस्तै एस कलेजले कास्टमण्डपलाई १५–१३ को कठिन स्कोरमा पराजित गरेको थियो ।
ट्रिनिटीले एलए माथि ६–३ को जित निकाल्दा ओरिएन्टले एसलाई १०–८ को स्कोरमा निराश बनाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey