नामी कप थ्री बाइ थ्री बास्केटबल भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०५
  • |
  • 307 पटक हेरिएको
नामी कलेजको आयोजनामा नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा १४ ब्वाइज टिमको सहभागिता रहने प्रतियोगिता संयोजक डिकेश प्रधानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ ।
नगद पुरस्कारको व्यवस्था पनि रहेको संयोजक प्रधानले जानकारी दिए । खेलहरु जोरपाटीस्थित आयोजककै कोर्टमा हुनेछ । फाइनल सोमबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal