फुटबलमा पहिलो पटक भयो यस्तो घटना, एकै खेलमा १० रातो र ८ पहेलो कार्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 387 पटक हेरिएको

विश्व फुटबलमा हामी दर्शकको हुलदंगा, हावाहुरी, आतंककारी हमलाको चेतावनी यस्तै यस्तै विभिन्न कारण खेल रोकिएको घटना हामीले धेरै देखे सुनेका छौ ।

तर ब्रजिलमा यस्तो किसिमले खेल रोकिन पुग्यो जुन सुन्दा पनि अचम्म लाग्न सक्छ ।

हो ब्रजिलको क्लव फुटबलमा एकै खेलमा १० वटा रेड कार्डका कारण खेल अवरुद्ध भएको छ । ब्रजिलको बाहिया स्टेट च्याम्पियनसिप फुटबल अन्तर्गत बाहिया र भिक्टोरीया विचको खेलमा २ होइन ३ होइन १० वटा रेड कार्ड दिइयो । जुन विश्वक खेलकुदमा सायदै भएको छ होला ।

हुन त ब्रजिल फुटबल परम्परागत रुपमा राम्रो स्किल भएका खेलाडी उत्पादन गर्ने देशका रुपमा परिचित । तर यो खेलमा स्किल भन्दापनि कसले बढी रेड कार्ड खाने भन्ने होडबाजी जस्तो नै चल्यो ।

 

 

साल्भाडेरमा भएको खेलको पहिलो हाफमा डेनियल्सनको गोल मार्फत घरेलु टिमले अग्रता बनायो । तवसम्म खेल चुस्त रुपमा अगाडी बढी रहेको थियो । तर दोस्रो हाफमा खेलले अर्के मोड लियो । ५० औ मिनेटमा बाहियाले पेनाल्टीको अवसर पायो र सो गोलको खुसी उसले घरेलु समर्थकमाझ गरिरहेको थियो ।

 

 

तर विपक्षी खेलाडीले सो खुसीलाई सहन सकेनन र बाहियाका खेलाडीमाथि जाइलाग्न पुगे । जसका कारण १६ मिनेट खेल रोकिनुका साथै आठ खेलाडीलाई एकै पटक रातो कार्ड दिदै मैदानबाट बाहिर पठाए । जसमा पाच रातो कार्ड बाहियाका खेलाडीले पाए भने ३ भिक्टोरीयाका खेलाडीले । जसमा सब्सिच्युटका रुपमा मैदानमा प्रवेश गरेका ३ खेलाडी पनि सामेल थिए ।

त्यति हुदापनि खेल चलिरहेको थियो । खेल रोकिएर सुरु भएको ११ मिनेटपछि पुन भिक्टोरीयाका २ खेलाडीले फेरी रेड कार्ड पाएपछि खेल रद्द भयो । तर नतिजा भने बाहियाले ३–० ले जित्यो ।
यतिमात्र होइन पुरै खेलमा ८ वटा पहेलो कार्डपनि दिइएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey