८ पहेँलो कार्ड र ८ गोल भएको खेलमा रियल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 201 पटक हेरिएको

फागुन ७ । स्पेनीस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले रियल बेटिसलाई पराजित गर्दा एथ्लेटिको मड्रिडले एथ्लेटिक क्लवलाई हरायो ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा रियालले रियल बेटिसलाई ५–३ गोल अन्तरले हरायो ।

गोलको बर्षा भएको खेलमा रियालको जितमा मार्को असेन्सियोले दुई गोल गरे । खेलको ११औं मिनेटमा मार्कोको गोल मार्फत अग्रता बनाएको रियाल विरुद्ध ३३औं मिनेटमा बेटिसले गोल गर्दै खेल बराबरी गर्यो ।

त्यसपछि ३७औं मिनेटमा नाचोले आत्मघाती गोल गर्दा बेटिस एक गोलले अगाडी रहयो । तर त्यसपछि रियालले तीन गोल थप्दै अन्तर चार दुईमा पुर्यायो ।

रियालका लागि सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र मार्कोले एक एक गोल गरे ।

८५औं मिनेटमा सर्जियो लियोनले बेटिसका लागि गोल गर्दै खेल पाच तीनको अवस्थामा पुरयाएपछि इन्जुरी समयमा करीम बेन्जिमाले अर्को गोल थप्दा रियालले पाच तीनको जित निकाल्यो ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक क्लवलाई दुई शून्य गोलले हरायो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६७ औ मिनेटमा केभिन गामेरियाले गोल गर्दा ८०औ‌ं मिनेटमा डिएगो कोस्टाले दोस्रो गोल गरे ।

जितपछि एथ्लेटिकोले शिर्ष स्थानको बार्सिलोनासंगको दुरी सात अंकमा झारेको छ । बार्सिलोनाको ६२ अंक छ भने एथ्लेटिकोको ५५ अंक छ । यस्तै रियालको ४५ अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey