फागुन ६, काठमाडौं । आईसीसी एकदिवशीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
प्रतियोगिता फागुन २० देखि जिम्बाबेको हरारेमा सुरु हुनेछ ।
आईसीसी प्रतिनिध अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडीको सूचि सार्वजनिक गरेका हुन् ।
टोलीमा सबै खेलाडीहरु आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै छन् । विश्वकप छनोटमा १५ जनाको टिम हुने भएकाले ललित राजवंशीले टिममा स्थान बनाएका छन् ।
घोषित टिमको कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिल कुमार साह र ललित नारायण राजवंशी छन् ।
टोलीको बैकल्पिक खेलाडीमा सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी छन् ।
प्रतियोगितामा नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग खेल्नेछ भने २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानससँग र २८ गते हङकङसँग खेल्नेछ ।
प्रतियोगिता अघि हुने दुई वार्मअप खेल खेल्नेछ ।