स्मृतिलाई आरुणी कपमा स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 396 पटक हेरिएको

काठमाडौ ६ फागुन । स्वर्णिमकी स्मृति पन्तले तेश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । फाइनलमा स्मृतिले आयोजक आरुणीकी प्रकृति गुरुङलाई ३–१ सेटमा पराजित गरिन् ।

गल्र्स टिम इभेन्टको फाइनलमा विजेश्वरीले आरुणीलाई ३–२ ले हराउदै पहिलो भयो । उक्त स्पर्धाको ब्वाइजमा आदर्श विद्या मन्दिर ९एभीएम० र आरुणी फाइनलमा भिड्ने छन् ।

 

यु–१० ब्वाइज सिंगल्समा न्यु समिटका आशुतोष आचार्य पहिलो र सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर दोश्रो भए । सोही स्पर्धाको गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवालले स्वर्ण तथा आरुणीकी स्नेहा बस्नेतले रजत जिते ।

यु–१२ ब्वाइज सिंगल्समा एभीएमका रुविन महर्जन पहिलो र गुडस्टार्टका रविन चौलागाईं दोश्रो भए । यु–१४ ब्वाइज सिंगल्समा आरुणीका क्षितिज खनाल पहिलो र एभीएमका विशाल गोले फाइनलमा प्रवेश गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey