Mega Bank
Prabhu Bank

एचएचसीए, भ्याली पब्लिकलाई अन्तरविद्यालय बास्केटबलको उपाधि

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 14 पटक हेरिएको

एचएचसीए, भ्याली पब्लिक र पुष्पसदनले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स तथा पुष्पसदन जुनियर ब्वाइजमा च्याम्पियन बने ।

शंखमूलस्थित इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा एचएचसीएले भ्याली पब्लिकलाई ५९–५४ ले पराजित ग¥यो । एचएचसीएको जितमा तेन्जिङ राईले १८ अंक योगदान गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई १९–१७ को साँघुरो अन्तरले हरायो । भ्याली पब्लिककी सुजु गुरुङले १६ अंक जोडिन् ।

जुनियर ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले रेडिअन्टमाथि ३०–२१ को जित दर्ता ग¥यो । पुष्पसदनका लागि रोजिन महर्जनले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमा एचएचसीएका तेन्जिङ राई, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्टि श्रेष्ठ तथा जुनियर ब्वाइजमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा एआईए, सिनियर गल्र्समा श्रीदिवा र जुनियर ब्वाइजमा एभरेष्टले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवर, एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापा र प्रिन्सिपल पीयूशकुमार रोयले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा भारतमा भएको यु–१६ गल्र्स फिबा एसिया बास्केटबल च्याम्पियनसिपमा सहभागी ममता गुरुङ तथा नेपालमा भएको यु–१६ ब्वाइज साबा बास्केटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका निखिल डंगोल, आशिष बस्नेत र अभिषेक सिंहलाई सम्मान गरिएको थियो । फिफा रेफ्री कविन व्यञ्जन्कार पनि त्यसै अवसरमा सम्मानित भए ।

ममता र निखिल इनोभेटिभमै अध्ययनरत छन् भने आशिष, अभिषेक र कविन इनोभेटिभकै पूर्व विद्यार्थी हुन् ।

माघ २६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement