Mega Bank

स्मृति पन्तलाई अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 515 पटक हेरिएको

स्वर्णिमकी स्मृति पन्तले तेश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् ।

फाइनलमा स्मृतिले आयोजक आरुणीकी प्रकृति गुरुङलाई ३–१ सेटमा पराजित गरिन् ।

गल्र्स टिम इभेन्टको फाइनलमा विजेश्वरीले आरुणीलाई ३–२ ले हराउदै पहिलो भयो ।

उक्त स्पर्धाको ब्वाइजमा आदर्श विद्या मन्दिर (एभीएम) र आरुणी फाइनलमा भिड्ने छन् ।

यु–१० ब्वाइज सिंगल्समा न्यु समिटका आशुतोष आचार्य पहिलो र सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर दोश्रो भए ।

सोही स्पर्धाको गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवालले स्वर्ण तथा आरुणीकी स्नेहा बस्नेतले रजत जिते ।

यु–१२ ब्वाइज सिंगल्समा एभीएमका रुविन महर्जन पहिलो र गुडस्टार्टका रविन चौलागाईं दोश्रो भए । यु–१४ ब्वाइज सिंगल्समा आरुणीका क्षितिज खनाल पहिलो र एभीएमका विशाल गोले फाइनलमा प्रवेश गरे ।

भर्खरै

Advertisement