निमा गुरूङ र सुमित्रा खत्रीले संयुक्त अरब इमिरेट्समा भएको फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
फुजैराहस्थित शेख जायद स्पोर्टस् सिटीमा भएको खेलमा निमाले ५३ केजी र सुमित्राले ७३ केजी तौलसमुहमा कांस्य पदक हात पारेको नेपाली टिमका प्रशिक्षक रोशन खानले जानकारी दिए ।
सुमित्रा सेमिफाइनलमा काजखकिस्तानसँग यलुबेय एगुलसँग स्तब्ध भएपछि कांस्य पदकमै सीमित भएकी थिएन् ।
त्यसअघि क्वार्टफाइनलमा सुमित्राले युएईकी लतिफा रसुललाई हराउँदै पदक पक्का गरेकी थिइन् ।
त्यस्तै महिला ५३ केजी तौलमसमूहको सेमिफाइनलमा नेपालकी निमा जापानकी कियोक नागनोसँग स्तब्ध भएकी थिइन् ।
त्यसअघि निमाले क्वार्टरफाइनलमा रूक्या अलिलाई हराएकी थिइन् । सिनियरमा ७३ केजीमा जयदेव पौडेल, ६३ केजीमा नेपालका दुई खलाडी रिमोन महर्जन, दिपेन्द्रबहादुर नेपाली, ७४ केजीमा विनोद थापा तथा जुनियर महिला ४४ केजीमा जेस्मिन गुरुङको चुनौती भने पदकविहिन रह्यो ।
नेपाली टोलीका प्रशिक्षक रोशन खान र प्रकासमान राजभण्डारी रहेका छन् । सहायक प्रशिक्षकमा राजकुमार पाण्डे र टिम व्यवस्थापकमा चक्रबहादुर थापा क्षेत्री रहेका छन् ।