पुलिस हेटौडा गोल्डकपकाे सेमिफाइनलमा, विजय युथ ३-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 224 पटक हेरिएको

नेप्लेज संवाददाता ।  घरेलु टिम विजय युथ क्लवलाई हराउदै विभागिए टिम नेपाल पुलिस क्लव हेटौडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडामा भएको खेलमा १० खेलाडीमा झरेको विजय युथ क्लव क्लवलाई ३–० गोलले हराउदै पुलिसले अन्तिम चारमा स्थान बनायो ।

पुलिसको जितमा अभिशेख रिजालले दुई गोल गरे । खेलको सुरुवात देखि नै दबाव बनाएको पुलिसले ११ औ मिनेटमा पहिलो गोल गर्यो ।

उसका लागि अभिशेख रिजालले पहिलो गोल गरे । त्यसपछि ४० औ मिनेटमा पुनः अभिशेख रिजालको गोल माफर्त पुलिसले अन्तर २–० मा पुर्यायो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पुलिसले ५९ औ मिनेटमा गोल गर्दै अग्रता तीन शुन्यमा पुरयायो ।

अभिशेख रिजालको पासमा पुलिसका लागि रवि पासवानले गोल गरे ।

८१ औ मिनेटमा विजय युथ क्लवका मनोज विष्टले प्रिजेन तामाङलाई फल गरेपछि साझै रातो कार्ड पाउदै मैदानबाट बाहिरीए ।

जसका कारण घरेलु टिम १० खेलाडीमा झर्न पुग्यो । बाकि समयमा दुबै टिमबाट गोल हुन सकेन र पुलिसले सेमिफाइनलको यात्रा पक्का पारयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey