एक महिनाको बीचमा चौथो फाइनल खेल्दै एपीएफ र न्यू डायमण्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 344 पटक हेरिएको

फागुन ६, बाँके । पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिवल प्रतियोगिताको उपाधिका लागि बिभागीय टोली एपीएफ र न्यू डायमण्ड भिड्ने भएका छन् ।

आइतबार भएको सेमिफाइनल खेलमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस र न्यू डायमण्डले बंगलादेशको इफाट ग्रुपबिरुद्ध समान ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि भिडण्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा एपीएफले स्पाइकर सरस्वती चौधरीको शानदार प्रदर्शनमा पुलिसलाई २५–९, २५–१९, २५–२१ को सेटमा हरायो ।

दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले बंगाली क्लवको चुनौती २५–६, २५–६ र २५–८ को सेटमा सहज रुपले पन्छायो । न्यू डायमण्डबाट खेलेकी मञ्जु गुरुङ खेलको उमन अफ द म्याच चुनिइन् ।

पश्चिमाञ्चलले सहभागिता नजनाएपछि मञ्जुले न्यू डायमण्डको टोलीबाट खेलेकी थिइन् ।

फाइनल खेल सोमबार दिउँसो १ बजे सुरु हुनेछ भने बंगलादेशी क्लव र नेपाल पुलिसबीच तेस्रो स्थानका लागि हुने खेल सोमबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।

एपीएफ र न्यू डायमण्डले १ महिनाको अन्तरमा चौथो प्रतियोगिताको फाइनल खेल्दैछन् । गत माघ १९ गते ढोरपाटन डवल लिग महिला भलिबलको अन्तिम खेल खेलेका यी दुई टोलीले माघ २३ गते न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबलको फाइनल खेलेका थिए ।

त्यस्तै फागुन १ गते चितवनमा भएको मेयर कप राष्ट्रिय भलिबलको फाइनलमा पनि यी दुई टोली नै आमने सामने भएका थिए ।

पछिल्लो तीन प्रतियोगितामा एपीएफले २ र न्यू डायमण्डले १ उपाधि जितेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey