सेभिया कोपा डेल रेको सेमिफाइनलमा, एथ्लेटिको बाहिरियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 284 पटक हेरिएको

माघ १०, काठमाडौं । एथ्लेटिको मड्रिडलाई पराजित गर्दै सेभिया स्पेनिस फुटवल प्रतियोगिता कोपा डेल रे को सेमीफाइनलमा प्रवेश गरेको छ ।

एथ्लेटिकोबिरुद्ध सेभियाले समग्रमा पाँच दुई गोलले पराजित गरेको हो । पहिलो लेगमा दुई एक गोलको अग्रता लिएको सेभियाले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ गोलले विजयी भयो ।

खेल सुरु भएको पहिलो २६ सेकेन्डमानै सर्जियो स्कुडेरोले गोल गर्दै सेभयिालाइ अग्रता दिलाएका थिए । तर, १३औं मिनेटमा एथ्लेटिकोका एन्टोइन ग्रिजमानले बराबरी गोल फर्काए । ४८औं मिनेटमा इभर बनेगाले पेनाल्टीमार्फत गोल गरेपछि सेभियाले पुनः खेलमा दुई एकको दूरी बनायो ।

७९औं मिनेटमा पाब्लो साराबियाले टिमका लागि तेस्रो गोल थपेपछि एथ्लेटिकोको यात्रा सेमीफाइनलमानै टुंगियो ।

एथ्लेटिकोको सिजनको यो दोस्रो निराशजनक बर्हिगमन हो । यसअघि एथ्लेटिको चयाम्पियन्स लिगमा पनि समुह चरणबाटै बाहिरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal