प्रदेश ५ र ७ को बक्सिङ छनोट सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२८
  • |
  • 232 पटक हेरिएको
वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ५ र ७ को खेलाडी छनोट शनिबार सम्पन्न भएको छ । शुक्रबार प्रदेश ६ को छनोट पूरा भएको थियो । तीनै प्रदेशको छनोट धनगढीमा भएको हो ।
प्रदेश ७ तर्फ पुरुष ६४ केजीमा कैलालीका विक्रम चौधरी, ६९ केजीमा कञ्चनपुरका बसन्तबहादुर सिंह, ७५ केजीमा डडेल्धुराका वीरेन्द्रबहादुर शाही, ८१ क्ेजीमा बाजुराका हिक्मत शाही, ४९ केजीमा कञ्चनपुरका भानु विष्ट, ५२ केजीमा कैलालीका सागर मल्ल, ५६ केजीमा कञ्चनपुरका महेन्द्र चन्द तथा ६० केजीमा कैलालीकै भरत चन्द छनोट भए । महिलातर्फ ५१ केजीमा कैलालीकी सुष्मा तामाङ, ५४ केजीमा कञ्चनपुरकी निर्मला केसी र ४८ केजीमा कञ्चनपुरकी प्रतिभा शाही छनोट भए ।
प्रदेश ५ को पुरुष ६४ केजीमा बाँकेका विशाल रेग्मी, ६९ केजीमा बाँकेका यमराज चौलागाईं, ७५ केजीमा दाङका गणेश विक, ८१ केजीमा दाङका केशर खत्री,४९ केजीमा प्युठानका सुरज ओली, ५२ केजीमा रोल्पाका समिर चौधरी, ५६ केजीमा बाँकेका नविन घर्ती मगर र ६० केजीमा पूर्व रुकुमका अनिलकुमार पुन मगर छानिए । महिलातर्फ ५१ केजीमा दाङकी विमला थापा मगर तथा ४८ केजीमा पूर्व रुकुमकी सुशिला थापा छनोट भए । यसैसंगै सातै प्रदेशको छनोट सम्पन्न भएको छ ।
विजेतालाई धनगढी नगरपालिकाका मेयर नृपबहादुर ओड, राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राष्ट्रिय प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey