नेयमारको २ गोलमा पीएसजीको अर्को जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 169 पटक हेरिएको

पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिगमा स्टारर्सबर्ग माथि पांच दुइ गोलको जीत हात पारेको छ ।

घरेलु मैदानमा गएराती भएको खेलमा पिएसजीले एक शुन्यले पछि परेको अवस्थामा पुनरागमन गरेको थियो ।

पिएसजीले खेलको छैटौ मिनेटमानै गोल गरेको थियो । तर दशौं मिनेटमा युलियन ड्राक्सलारले बराबरी गोल फर्काए ।

२१ औं मिनेटमा नेइमारले गोल गरेपछि पिएसजीले दुइ एकको अग्रता लियो । २२ औं मिनेटमा एंजल डि मारियाले टिमका लागि तेस्रो गोल थपे ।

६७ औं मिनेटमा स्टारर्सबर्गका स्टेफनले गोल गर्दै पिएसजी संगको दुरी तीन दुइमा झारेका थिए । तर ७३ र उनानअसीऔं मिनेटमा इडिसन कभानीले गोल गर्दै पिएसजीलाइ पांच दुइको जीत दिलाए ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड संग तीन एक गोलले पराजित भएपछिको पहिलो खेलमा पिएसजीले उत्कृष्ट कमब्याक गरेको हो ।

शीर्ष स्थानमा रहेको पिएसजीको २६ खेलबाट ६८ अंक छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५६ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal