ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 196 पटक हेरिएको

फागुन ६, काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले पराजित यात्रा कायमै राख्ने क्रममा शनिबार राति इवारविरुद्ध २–० गोलको अवे जित हासिल गरेको छ ।

आगामी मंगलबार राति च्याम्पियन्स लिगमा चेल्सीबिरुद्ध उत्रने तयारी गरेको बार्सिलोनाको ला लिगामा ३१औं खेलसम्मको अपराजित यात्रा हो । बार्सिलोनाले आफ्नै पूर्व कीर्तिमान बराबरी गरेको हो ।

इवारको घरेलु मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेज र जोर्डी अल्वाले गोल गरेका थिए । खेलमो १८औं मिनेटमै मेस्सीको पासमा स्वारेजले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा बार्सिलोनाले अग्रता कायमै राख्यो । ६६औं मिनेटमा फावियान ओरेलाना दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि इवार १० खेलाडीमा समेटिएको थियो ।

त्यसैको फाइदा उठाउँदै बार्सिलोना खेलमा थप हाबी भयो । ८८औं मिनेटमा जोर्डी अल्वाले टिमका लागि दोस्रो गोल गरे ।

लिगमा २४ खेलबाट ६१ अंक जोडेको बार्सिलोनाको ६२ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग स्पष्ट १० अंकको अग्रता कायम गरेको छ । यद्यपि एथ्लेटिकोले एक खेल कम खेलेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey