पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नक्साल टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२७
  • |
  • 234 पटक हेरिएको
आयोजक नेपालको नक्साल डोजोले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । ६ स्वर्ण, ७ रजत र ३ कांस्यसाथ नक्साल टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको बंगलादेशले ४ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त ग¥यो । ३ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ भुटान तेश्रो तथा २ स्वर्ण, १ रजत र २ कांस्यसाथ भारत चौथो भए ।
पुरुषमा आयोजकका सोनम बलामी तथा महिलामा नेपालको बौद्ध डोजोकी मोनिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए । नेपालको बंगलामुखी डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey