आठौं राष्ट्रिय खेलकुद गर्न मिती हाेइन पुर्वाधार बन्नुपर्याे, त्यसपछि हुन्छ- उपाध्यक्ष तिम्सिना

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२७
  • |
  • 356 पटक हेरिएको

नेपालगञ्जमा हुने आँठौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागनुमा गर्नेपर्छ भनेर सदस्यसचिव केशवकुमार विष्ट लागरहेका बेला बेलामा यो प्रतियोगितामा यो बर्षलाई टारेर अर्को बर्ष सार्ने रणनितीमा खेलकुद मन्त्रालय रहेको र त्यसका लागि पिताम्बर तिम्सिनालाई अगाडी बढाएको भन्ने भनाई बाहिर आइरहेका छन । यस्तो अवस्थामा के फागुनमा राष्ट्रिय खेलकुद हुन्छ की हुँदैन, के उपाध्यक्ष र सदस्यसचिवमा सितयुद्ध सुरु भएको हो भन्ने विषयमा नेप्लेजसँग गरेको कुराकानीः

आठौं राष्ट्रिय खेलकूदकाे पछिल्लाे लफडा के हाे ?

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता खेलाडीसँग प्रत्यक्ष जोडिएको विषय हो । आठौं गर्ने दाउँ र नगर्ने दाउँ भन्ने कुरा मैले देखिरहेको छैन् । मैले नौ जवान खेलाडीको भविष्यलाई हेरिरहेको छु । जुन हामीले खेलाडीको भविष्यलाई हेर्दै गर्दा यसभन्दा अगाडिका खेलहरुको मूल्यांकन गर्नुपर्छ । भन्न खोजेको यसअघि भएको सातौं राष्ट्रिय खेलकूद र त्यसअघि भएको छैटौं राष्ट्रिय खेलकूद हो । त्यहाँ बनाएका पूर्वाधारहरुको अहिलेको अवस्था के छ भनेर अनुगमन गर्न जरुरी छ । छैटौं राष्ट्रिय खेलकूद प्रतियोगिताका दौरान भएका कमी कमजोरीको जीम्मेवारी म लिन्छु । त्यहाँ उद्घाटनका लागि राष्ट्रपति पुग्दा ‘फर्मा’ खोलिएको अवस्था थियो । त्यतिबेला ध्वजा पताकाले छोपेर बनाउँदै गरेको पूर्वाधारमा हामीले उद्घाटन समारोह सञ्चालन गरेका थियौं ।

यसैगरी पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिताका दौरान भएका पूर्वाधारको पनि अहिलेको अवस्था कस्तो छ म त्यही क्षेत्रको वासिन्दा भएकाले जानकार छु । साथै सञ्चारमाध्यमहरुलाई पनि त्यहाँको अहिलेको अवस्थाबारे खाजीदिन आग्रह गर्दछु ।

त्यसैले आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्दै गर्दा कस्तो पूर्वाधार बनाउने भनेर मैले हेर्न खोजि रहेको छु । कुम्भ मेला हामी आयोजना गर्छौ तर खेलकूदको कुम्भ मेला गर्नु पर्ने छ । खेलकूदको कुम्भ मेलामा खेलाडीहरुलाई त्यहाँ उभ्याउनु पर्छ । राष्ट्रिय खेलकूद परिषद्को विषय मात्र होइन । यो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको विषय पनि हो ।

जहाँ प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीहरु पनि हुनुहुन्छ । त्यहाँ मेयर तथा गाउँ पालिका अध्यक्षहरु पनि हुनुहुन्छ । यसैगरी युवा तथा खेलकूदमन्त्रालय छ, प्रधानमन्त्री कार्यालय पनि छ । यी सबै क्षेत्रबाट अनुगमन गरेर निष्कर्ष निकालिसके पछि अनि गरौं न भन्ने मेरो कुरा हो । गर्नलाई आठौं आयोजना गर्नै पर्छ । यदि हामीले आठौं खेलकूद प्रतियोगिता समयमै गर्न सकेनौं भने क्षमतावान खेलाडीको भविष्य सुनिश्चित गर्न अप्ठेरो हुन्छ ।

आठौं खेलकूद तेह्रौं साग गेमको च्यानल गेट हो । यसलाई पार गर्नका लागि पनि हामीले आठौं खेलकूद आयोजना गर्नै पर्छ । तर प्रतियोगिता गर्दा पूर्वाधारका न्यूनतम आवश्यकताहरु पुरा गर्न भने जरुरी छ । त्यसैले मेरो भनाई पूर्वाधार तयार भइसके पछि हामीले आठौं आयोजना गर्नुपर्छ ।

तर राखेपका सदस्यसचिवले फागुन भित्रै आठौं खेलकूद हुन्छ भन्नुहुन्छ ?

उहाँको ‘स्प्रीट’लाई म सम्मान गर्छु । उहाँले पनि मेरो स्प्रीटलाई सम्मान गर्नुहुन्छ । हामी सबै एक टिम छौं । हामीलाई यो सुविधा छैन । म यो किन भनिरहेको छु भने कसैलाई दोषारोपण गरेर, कसैको टिका टिप्पणी गरेर बस्ने सुविधा छैन । अहिले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकूदमन्त्री, राखेप उपाध्यक्ष, सदस्यसचिव सबै एउटै छौं । त्यसैले हामीले एक अर्कालाई दोषारोपण गरेर बस्न मिल्दैन । खेलकूद बुझेका हामी भएको ठाउँमा एक अर्कालाई दोषारोपण गर्ने कुराको तर्क गर्न मलाई मन लाग्दैन । सदस्य सचिव बडो स्प्रीटका साथ लाग्नु भएको छ, त्यसका लागि म धन्यवाद दिन्छु । तर उहाँले बोर्डको स्पोर्टस स्प्रीट खेलाडी र प्रशिक्षकको स्प्रीट बुझ्नु पर्छ ।

भनेको फागुनमा आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता हुँदैन भन्ने हो ?

मैले अहिलेसम्म फागुनमा आठौं राष्ट्रिय खेलकूद हुँदैन भनेर भनेको छैन । दिन दुई गुणा रात चौ गुणा गरेर काम गरियो भने प्रतियोगिता आयोजना हुन्छ । त्यो फुटबल मैदान हो नी, त्यहाँ लोलर लगाएर पेलेर एक लियर दुवो उमारेर काटे पछि मात्र फुटबल प्रतियोगिता आयोजना गर्ने भनेर ठेकेदारसँग ‘एग्रीमेन्ट’ गरेका छौं । नेपाल सरकारले माघ २८ गतेभित्र निर्माण सम्पन्न गर्ने भनेर ठेकेदारसँग सम्झौता गरेको छ । ठेकेदारको काम सकेपछि थप १५ दिनको समय माग्छ । त्यति गर्दा फागुन १५ गतेसम्म पुग्छ । त्यसबीचमा उम्रिएको दुवो एक चरण काटे पछि हरियाली मैदानमा हाम्रा खेलाडीले खेल्न पाउँछन् भन्ने मेरो चाहना हो ।

यस्तो गर्दा फागुन महिनाभित्र प्रतियोगिता आयोजना गर्ने वातावरण बन्छ । हामीले फागुन २५ देखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न पनि सक्छौं । तर पूर्वाधार भने पूर्णरुपमा तयार हुनुपर्छ । विगतमा गरिएको जस्तो प्रतियोगिता गरेर हुँदैन ।

तपाई उपाध्यक्ष, सदस्यसचिव, खेलकूदमन्त्री सरकार सबै एउटै पार्टी भएका बेला तपाईहरुकैबीचमा कुरा मिलेको देखिदैंन ?

हामीबीच कुनै पनि मतभेद छैन् । खेलाडीको हितको निम्ती फरक मत आएको होृ । सदस्यसचिवलेनै भन्नु भएको छ, पूर्वाधार निर्माणको काम सकेर रंगशालाको आकार आइसके पछि मिति तोक्छु भन्नु भएको छ । मैले पनि नेपालगञ्जको क्षेत्रिय रंगशालाको प्रांगनमा बसेर पत्रकारहरुसँग बसेर यही भनेको छु, ‘१५ देखि २२ दिनभित्र रंगशालाको आकार आउँछ, त्यसपछि हामी काठमाडौंमा बसेर खेलकूदको मिति तोक्छौं ।’ सदस्य सचिवले पनि त त्यही कुरा भन्नु भएको छ ।

एउटै कुरा बोलिरहेका छौं कसरी फरक भयो त । मिडियाले ट्वीस्ट गरिदिएकी जस्तो लागेको छ मलाई बिगतमा यी दुईका बीचको सम्बन्ध यस्तो थियो, यतिबेला झेम्टा बजाईदिउँ की जस्तो गरेका हुन की । अहिले पनि सदस्य सचिव र मेरो भावना एकै ठाउँमा छ । एक्लैले कसैले रोकेर रोकिदैंन मैले पनि त्यही भन्ने गरेको छु । अब बोर्डको बैठक बसेर हामीले निष्कर्ष निकाल्छौं ।

भेन्यू त सर्ने होइन ?
त्यस्तो हुँदैन । हाम्रो मुख्य ध्यान भनेकै के हो भने, पूर्वाधार तयार भइसके पछि मिति तोक्ने र त्यहाँ खेलेका खेलाडीहरुले साँच्चै हामीले अन्तराष्ट्रिय मापदण्डको रंगशालामा खेल्न पायौं भन्ने गौरब गरुन र केही सिकनु भन्नेनै हो ।

पूर्वाधारको काम अलि अगाडी देखि गरेको भए हुँदैनथ्यो ?

अलि यसमा ढिला भएकै हो । मैले आज सपथ ग्रहण गरेको २ महिना पुग्यो । मैले दुई महिनामा मेरो स्प्रीट अनुसार खेलकूूदलाई व्यवस्थापन गर्न लागे । यसमा सदस्य सचिवले पनि सहयोग गर्नुभएको छ । ६ महिनादेखि खेलकूद परिषद उपाध्यक्ष विहीन हुँदा उहाँ एक्लै पर्नुभएको थियो । अब म आइसकेपछि हामी सबै एउटै पार्टीका हौं, हामी मिलेरै जान्छौं ।

फरक फरक पार्टी त राष्ट्रिय मुद्दामा मिलेर अगाडी बढिरहेका बेला हामी नमिल्ने भन्ने कुरै आउँदैन । तर मिडियाले उपाध्यक्षले रोक्न खोज्यो, सदस्यसचिवले गर्न खोज्यो भनेर उचालिरहेका छन् यो कुरा विलकुल होइन । गर्दा पूर्वाधारका सबै मापदण्ड पुरा गरेर प्रतियोगिता आयोजना गर्नुपर्छ । हिजोका टिका टिप्पणीलाई निमिट्यान्न पारेर अघि बढ्नु पर्छ । होइन भने अहिलेका सशक्त मिडियाले धुलो उड्ने मैदानलाई हिलो मैदानमा फुटबल आयोजना गरेको भनेर टिप्पणी गर्न थाल्छन् ।

सदस्य सचिवलाई तह लगाउन तपाईलाई उपाध्यक्ष बनाइएको भन्ने कुरा पनि चलेको थियो, के यो साँचो हो ?

यसमा कसैले कसैलाई तह लगाउन पर्दैन । खेलकूद ऐन, विधि र नियमले सबैको कार्यक्षेत्र स्पष्ट गरेको छ । यदि विकृति विसंगतिहरु छन् भने त्यसमा जुध्ने मेरो स्प्रीट हो यसमा दुई मत छैन । मेरो एकमात्र ध्यान भनेको खेलकूद भित्रको विकृति विसंगतिलाई अन्त्य गर्ने हो । यही नेप्लेज डटकम मार्फत भन्न चाहन्छु म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दैन ।

हामी सबै एउटै पार्टीको मान्छे, हाम्रो एउटै मोर्चा हो, मैले तह लगाउन खोज्दा त उहाँहरुले मलाई पनि तह लगाउलान नी, यो गलत कुरा हो । यसमा कुनै सत्यता छैन ।तर विधि र प्रक्रियामा आउनै पर्छ । ट्रयाक बाहिर रहेको कुरालाई विधि र प्रक्रियामा ल्याउँ भन्ने आवाज पिताम्बर तिम्सेनाको हिजोको पनि हो आजको पनि र भोलिको पनि हो ।

वर्तमान सदस्यसचिवको कार्यकालमा आठौं गर्न हुँदैन भन्ने कुराहरु पनि छन् हो ?

खोई, अरुको मन भित्रको कुरा मलाई थाहा भएन । म कुनै यान्त्रीक पनि होइन तान्त्रिक पनि होइन । म खेलाडीको पक्षमा लाग्छु । मेरो कुरा के हो भने अहिले पनि विगतकै जस्तो लथालिंगरुपमा खेलकूद क्षेत्रलाई छाड्ने हो भने कहिले राम्रो बनाउने भन्ने हो । त्यसैले मैले यता तर्फ ध्यान दिएर लागेको छु । कस्ले के के भन्छ भन्नेसँग मेरो सरोकार छैन । तर हिजो जे जस्तो भए पनि आजका दिनदेखि खेलकूद पारदर्शी हुन आवश्यक छ ।

तपाईको नेतृत्वमा विवादित खेलसंघहरुको विवाद समाधान गर्ने जिम्मेवारी सहितको समिति बनेको थियो त्यसको काम कहाँ पुग्यो ?

यसको एक महिना फेरि म्याद थपिएको छ । राखेपको पछिल्लो बोर्ड बैठकबाट खेलकुदका कर्मचारीहरु कुनै पनि राष्ट्रिय खेल संघमा बस्न नपाउने निर्णय भएर आइसकेको छ । यो परिपत्र सम्बन्धीत संघमा जारी गर्छौ । अब तीन चारवटा संघहरुलाई एकैठाउँमा राखेर निकास निकाल्ने पक्षमा पुगिसकेका छौैं । हामीलाई १७ वटा संघले निवेदन दिनु भएको छ । कोही जिल्ला खेलकूदमा दर्ता भएका, कोही जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संघहरु पनि आउनु भएको छ उहाँहरुलाई व्यवस्थित गर्ने काममा लागि सकेका छौं । सम्भवतः एक हप्ताभित्र मेजर संघहरुलाई एक बनाएर जिम्मेवारी दिएर अघि बढ्छौै ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey