एन प्याब्सन स्पोर्ट्स मिट विजेता पुरस्कृत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२७
  • |
  • 758 पटक हेरिएको

दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटमा समावेश विभिन्न खेलका विजेतालाई शुक्रबार पुरस्कृत गरिएको छ ।

आयोजक काठमाडौं जिल्ला एन प्याब्सनले राष्ट्रिय प्याब्सनको २१ औं स्थापना दिवसको अवसर पारेर विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरेको हो । स्पोर्ट्स मिटमा ब्वाइज क्रिकेट, सिनियर र जुनियर ब्वाइज बास्केटबल, टेबलटेनिस तथा ब्वाइज फुटसलमा प्रतिस्पर्धा भएको थियो ।

टुंडिखेलमा भएको क्रिकेटमा ग्रिनफिल्ड पहिलो, ग्रिनलन्स दोश्रो र एपेक्स लाइफ स्कुल तेश्रो भएका थिए । अंकुर विद्याश्रमका मन्दिप भुजेल ‘म्यान अफ द सिरिज’ घोषित भए । गिनलन्सका रामसुरत यादव उत्कृष्ट ब्याट्सम्यान तथा ग्रिनफिल्डका रमन कपाली उत्कृष्ट बलर चुनिए ।

ग्रिनफिल्ड र एपेक्समा भएको बास्केटबलतर्फ सिनियरमा पिपुल्स एकेडेमीले स्वर्ण, नेरिक एकेडेमीले रजत तथा युनिभर्सलले कांस्य जितेका थिए । जुनियरमा नेरिक, ग्रिनफिल्ड र कान्तिपुर इङलिस स्कुल क्रमशः शीर्ष तीन स्थानमा रहे । सिनियरमा पिपुल्सका संकेत शाही तथा जुनियरमा नेरिकका विपिन खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

आरुणी स्कुलमा भएको टेबलटेनिसमा आरुणी टिम च्याम्पियन बन्यो । ग्रिनफिल्ड दोश्रो तथा दिब्यज्ञान तेश्रो बने ।

त्यस्तै फुटसलमा ज्ञानप्रकाश एकेडेमीले फाइनलमा प्राक्सिस्लाई पराजित गर्दै पहिलो स्थान हात पारेको थियो । ग्रिनफिल्डले तेश्रो स्थानमा चित्त बुझायो । प्राक्सिस्का सुजन नेपाली उत्कृष्ट खेलाडी ठहरिदाँ ज्ञानप्रकाशका जीवन मगर उत्कृष्ट गोलरक्षक बने । ज्ञानप्रकाशकै राजीव गुरुङ सर्वाधिक स्कोरकर्ता भए ।

मार्च पास्टमा भीमेश्वर एकेडेमी पहिलो, प्यारागन दोश्रो तथा त्रिनेत्र तेश्रो भए । विजेतालाई काठमाडौं एन प्याब्सनका अध्यक्ष विष्णुप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ देखि ११ गतेसम्म भएको प्रतियोगितामा १ सय ३५ विद्यालयको सहभागिता रहेको काठमाडौं एन प्याब्सनका सचिव रुद्रमणि सुवेदीले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey