समृद्धि गोरिल्लाज बास्केटबलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२७
  • |
  • 141 पटक हेरिएको

काठमाडौं, २७ पुस । समृद्धि गोरिल्लाज तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्लेअफमा समृद्धिले काठमाडौं नर्थ पोल बास्केटबल क्लबलाई ४६–१९ ले पराजित ग-यो । समृद्धिको जितमा सोनी वाइबाले १२ अंक योगदान गरिन् ।

उपाधिका लागि समृद्धिले शनिबार डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामा साइपाल र समृद्धि तेश्रो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् । साइपालले शुक्रबार क्वालिफायरमा समृद्धिलाई नै ५४–३२ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । राउन्ड रोविन लिगमा पनि समृद्धि साइपालसंग ४३–३६ ले चुकेको थियो ।

पहिलो क्वाटरमा ९–७ को अग्रता लिएको समृद्धिले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । समृद्धिले दोश्रोमा १०–८, तेश्रोमा १६–२ र चौथोमा ११–२ अंक जोड्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal