तीनवटा प्रदेशको बक्सिङ छनोट शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२६
  • |
  • 245 पटक हेरिएको
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ५, ६ र ७ को खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि धनगढीमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे ।
तीनदिने प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहेको राष्ट्रिय प्रतियोगिता मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।
प्रदेश ५ तर्फ पुरुष ५२ केजीमा दाङका पवनकुमार विक र रोल्पाका समिर चौधरी, ५६ केजीमा रोल्पाका रामप्रसाद पुन मगर, दाङका चन्द्रज्योति थापा र बाँकेका नवीन घर्ती, ६० केजीमा पूर्वी रुकुमका अनिलकुमार पुन मगर र कपिलवस्तुका अमरबहादुर थापा, ६४ केजीमा बाँकेका विशाल रेग्मी र रोल्पाका विपिन रोक्का मगर तथा ६९ केजीमा रोल्पाका अर्जुन पुन मगर सेमिफाइनलमा प्रवेश गरे ।
प्रदेश ६ अन्तर्गत पुरुष ५२ केजीमा पश्चिम रुकुमका जीवनकुमार पुनले जुम्लाका सुधन भण्डारीलाई पराजित गरी फाइनलमा पुगे ।
त्यसैगरी, प्रदेश ७ को पुरुष ४९ केजीमा डडेल्धुराका सुरज बम तथा ५२ केजीमा डडेल्धुराका भुवन विष्ट, बझाङका निर्मल सुवेदी र कैलालीका आशिष विष्टले सेमिफाइनल यात्रा तय गरे ।
आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडी माघ २२ देखि २६ गतेसम्म काठमाडौंमा गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने राष्ट्रिय प्रतियोगितालाई छनोट हुनेछन् । यसअघि प्रदेश १, २, ३ र ४ मा छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey