क्रिकेट टिमको भब्य स्वागत, चुनौती थपिएको छ- कप्तान पारस (फाेटाे फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 169 पटक हेरिएको

आइसीसी विश्वकप छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टिमलाई भब्य स्वागत गरिएको छ ।

नामिवियामा भएको डिभिजन टु मा दोस्रो स्थान हासिल गर्दै जिम्वावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल टिमका कप्तान पारस खड्काले यसपटकको प्रतियोगिताबाट नेपाली टिमबाट युवा खेलाडीले राम्रो सम्भावना देखाएको बताए ।

 

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली क्रिकेट टिमलाई स्वागत गर्न समर्थकको बाक्लो उपस्थिती रहेको थियो ।

राष्ट्रिय झण्डा बोकेर सयौ समर्थक रातीको समयमा पनि विमान स्थल पुगेका थिए । नेपाल टिम विमानस्थलको आगमन कक्षमा पुगेपछि समर्थकले जितको नारा लगाएका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पारसले नामिवियामा नेपाली टिमलाई भाग्यले पनि साथ दिएको र आगामी दिनमा अझ राम्रो क्रिकेट खेल्ने चुनौती थपिएको बताए ।

साथै उनले युवा खेलाडीले राम्रो नेपाली क्रिकेटका लागि राम्रो लक्षण देखाएको पनि बताए । यस्तै प्रशिक्षक जगत टमाटाले युवा खेलाडीको खुलेर प्रसम्सा गरे । उनले युवा खेलाडीले देखाएको क्षमता अदभुत भएको र विश्वकप छनोटमा पनि यस्तै प्रदर्शनको आशा गरेको बताए ।

यस्तै नेपाली टिमका युवा बलर सन्दिप लामिछानेले आइपिएलमा छनोट भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गर्दै भने- आइपिएलमा छनोट भएपनि आफु नर्मल नै रहेको र नामिवियामा जुन किसिमको प्रदर्शन भयो त्यसलाई जिम्वावेमा पनि निरन्तरता दिने प्रयास गर्ने बताए ।

सन्दिप जिम्वावे पछि आइपिएलका लागि दिल्ली जानेछन ।

फाइनलमा युएईसंग ७ रनले पराजित हुदै उपविजेता भएपनि नेपालले त्यसअघिको मुख्य खेलमा क्यानडालाई एक रनको रोमाञ्चक जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

अब नेपालले एक साता घरेलु प्रशिक्षण गरेपछि पुन जिम्वावे लाग्नेछ । जहाँ नेपालले विश्वकप छनोट अगाडी वेष्ट इन्डिज र युएईसंग अभ्यास खेल खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal