साइपालको अपराजित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२४
  • |
  • 169 पटक हेरिएको

नेप्लेज । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा मंगलबार पनि अपराजित यात्रालाई कायम राखेको छ ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा उपाधि दाबेदार साइपालले काठमाडौं नर्थ पोल क्लबलाई ६८–४१ ले पराजित ग¥यो । जारी प्रतियोगितामा एक्लो अपराजित टिम साइपालका लागि प्रतीक्षा मगरले २५ अंक जोडिन् । साइपालले राउन्ड रोविन लिगमा यसअघि समृद्धि गोरिल्लाज र आयोजक बीएमकेलाई हराएको थियो । साइपालले आफ्नो अन्तिम लिगमा अर्को आयोजक एनसीसीएससंग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको साइपालले क्रमशः १४–१०, १३–१२, १७–१४ र १७–५ अंक जोड्यो ।
अर्को दाबेदार समृद्धिले एनसीसीएसलाई ४९–१८ ले सहजै हरायो । समृद्धिकी मुना महर्जनले २३ स्कोर गरिन् । सबै चार खेल खेलिसकेको समृद्धिको तेश्रो जित हो ।

समृद्धि सबै क्वाटरमा हाबी रह्यो । समृद्धिले पहिलोमा ८–५, दोश्रो र तेश्रोमा समान १५–२ तथा चौथोमा ११–९ ले अगाडि रह्यो । साइपालसंग मात्र पराजित समृद्धिले अघिल्ला खेलमा बीएमके र काठमाडौं नर्थ पोललाई पन्छाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey