एपीएफलाई हराउँदै मनाङ हेटौंडा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 154 पटक हेरिएको

फागुन ५, मकवानपुर । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई हराउँदै मनाङ मर्स्याङदी क्लव सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडामा भएको उद्घाटन खेलमा मनाङले एपीएफलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा दुबै टिमवीच तालमेल राम्रो हुन सकेको थिएन ।

२८औं मिनेटमा एपीएफका रमेश डंगोलले मनाङका भिक्टरलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई सुजल श्रेष्ठले गोल गर्न सफल भए । त्यहि गोल मनाङको जितमा निर्णायक बन्यो ।

३३औं मिनेटमा मनाङले अर्को गोलको मौका गुमायो । उसका विमल रानाले वन भर्सेस वनको मौका खेर फाले ।

त्यसपछि एपीएफले खेलमा फर्कन धरै प्रयास गरेपनि सफल हुन सकेन र पहिलो खेलबाट नै बाहिरीयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal