मंगलबारबाट चितवनमा विकाश रनिङ सिल्ड, विजेताले ५ लाख पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 125 पटक हेरिएको

चितवनको क्याम्पा चौरमा मंगलबारबाट शुरु हुने विकास शिल्ड अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक विकास शिल्ड समितिले आज प्रतियोगिता स्थल नारायणगढको क्याम्पाचौरमा पत्रकार सम्मेलन गरि प्रतियोगितामा नेपालका ख्यातीप्राप्त ए डिभिजनका टिम, विभागिय टोली र एक अन्र्तराष्ट्रिय टिम गरि १२ टिमले सहभागिता जनाउने भएको छ ।

प्रतियोगिताकै लागि चितवनको क्याम्पा चौर निकै व्यवस्थित बनाईएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख र दोश्रो हुनेलाई २ लाख ५० हजार पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकले दर्शकलाई प्रतियोगिता अवलोकन गर्न अप्ठेरो नहोस भनेर चौरमा व्यवस्थित प्यारापिट समेत निर्माण गरिएको छ ।

प्रतियोगितामा संकटा क्लब, मनांग मस्याङ्दी क्लब, थ्रिस्टार क्लब, विजय क्लब हेटौडा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, त्रिभुवन आर्मी, फ्रेण्ड्स क्लब, सुदुर पश्चिम क्लब धनगढी, र भारतको सिक्किम ब्याईज सहभागि हुने भएका छन् ।

नारायणगढमा २०३१ सालबाट यो हुंदै गएको विचमा केही समय रोकिएपनि अहिले २ वर्ष यता फेरी संचालनमा आएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal