प्रधानमन्त्री कप भलिबलको सेमिफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 204 पटक हेरिएको

फागुन ५, बाँके । पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा एपीएफ क्लवले बिभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस तथा न्यू डायमण्डले बंगलादेशको इफाट क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार नेपालगञ्ज रंगशालामा भएको समूह चरणका अन्तिम खेलमा एपीएफले आयोजक टोलीलाई ३–० को सेटमा हराउँदै समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुग्यो । एपीएफले आयोजक टोलीबिरुद्ध २५–१२, २५–१४ र २५–९ को सहज जित निकाल्यो । एपीएफकी सरस्वती चौधरी उमन अफ द म्याच चुनिइन् । समूह ए बाट बंगलादेशी टिम इफाट पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

समूह बी अन्तर्गत शनिबार भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्ड स्पोर्टस क्लवले भारतको देहरादुन स्पोर्टस क्लवको टोलीलाई ३–० कै सेटमा हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो । न्यू डायमण्डले देशरादुनबिरुद्ध २५–८,२५–९ र २५–४ को सहज जित निकाल्दा उसकी क्वीक स्पाइकर ललिता नाथ प्लेयर अफ द म्याच चुनिइन् ।

यस समूहबाट नेपाल पुलिस समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो भने देहरादुन प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइनल खेलहरु आइतबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey