बुम महिला बास्केटबलमा बीएमके र साइपाल सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-२२
  • |
  • 173 पटक हेरिएको
आयोजक विशाल मिलन केन्द्र (बीएमके) र डिफेन्डिङ च्याम्पियन साइपालले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा आइतबार सफलता हात पारेका छन् ।
चण्डोलस्थित घरेलु कोर्टमा बीएमकेले अर्को आयोजक एनसीसीएसलाई ३८–३७ को झीनो अन्तरले पराजित ग¥यो । रोमाञ्चक खेलमा बीएमकेकी कृषा धनलेखाले १० अंक जोडिन् ।
सुरुका दुई क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउदै बीएमकेले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । बीएमके पहिलोमा ८–१२ तथा दोश्रोमा ७–१० ले पछि परेको थियो । बीएमकेले तेश्रोमा ११–९ तथा चौथोमा १२–६ को अग्रता बनाउदै पहिलो जित हात पा¥यो । दुई खेल खेलेको बीएमके यसअघि समृद्धि गोरिल्लाजसंग पराजित भएको थियो ।
साइपालले समृद्धिलाई ४३–३६ ले हराउदै विजयी सुरुआत ग¥यो । साइपालकी रोशनी श्रेष्ठले १८ स्कोर गरिन् । पहिलो क्वाटरमा साइपालले ९–२ को अग्रता लियो भने दोश्रो १५–१५ को बराबरीमा सकियो । तेश्रो क्वाटरमा समृद्धि १०–१३ ले अगाडि रह्यो । चौथो क्वाटरमा साइपालले ९–६ को प्रदर्शन ग¥यो । दुई खेलमा समृद्धिको पहिलो हार हो । शनिबार समृद्धिले आयोजक बीएमकेलाई हराएको थियो । साइपालको पहिलो खेल हो । प्रतियोगिताअन्तर्गत सोमबार साइपाल र बीएमके तथा काठमाडौं नर्थ पोल क्लब र समृद्धिबीच खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal