सिमरा गोल्डकप फाइनल, थ्रीस्टार र आर्मीको भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 201 पटक हेरिएको

सिमरा गोल्डकपको उपाधिका लागि आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब आमेसामने हुँदैछन ।

करिब डेढ बर्षको अन्तरालपछि फुटबलमा पुनः फर्किएको थ्रीस्टार यो सिजन पाँचौं प्रतियोगिता खेलिरहेको छ । पाँचौं प्रतियोगितामा थ्रीस्टारले तीनवटा फाइनल खेल्दै दुई प्रतियोगिताको उपाधि जितिसकेको छ ।

सिमरामा थ्रीस्टारले क्वार्टर फाइनलमा सुदूरपश्चिमलाई टाईब्रेकरमा हराएको थियो भने सेमिफाइनलमा मोरङ ११ लाई ४–२ ले हराएको थियो । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम जति बलियो भएपनि आफ्नो टिमले जित हात पार्ने प्रतिक्रिया दिएका छन् ।

‘फाइनल हो । म विपक्षी जो भएपनि उसलाई जित्नका लागि धेरै मेहनत गरेका छौं ।’ त्रिभुवन आर्मी क्लबको प्रशिक्षण सम्हालेर सिमरा गोल्डकपको उपाधि जिताइसकेका मेघराज केसीले भने । केसीको प्रशिक्षणमा आर्मीले छटौं संस्करणको उपाधि जितेको थियो । ‘थ्रीस्टार र आर्मीको स्तर बराबरीमा छ । जसले बढी मेहनत गर्न सक्यो उसले जित्छ ।’ प्रशिक्षक केसीले भने ।

अहिले निकै नै ब्यस्त रहेको नेपाली फुटबल तालिकाका कारण प्राय सबै टिमका खेलाडीहरु इन्ज्युरीको मारमा परेका छन् । थ्रीस्टारले पनि एक महिनाको अन्तरमा चारवटा प्रतियोगिता खेलिसकेको छ ।

उसले इटहरीमा मदन भण्डारी स्मृति इटहरी गोल्डकप, धनगढीमा सुदुरपश्चिम खप्तड गोल्डकप, पोखरामा आहा रारा गोल्डकप र धरानमा बुढा सुब्बा गोल्डकप खेलेको थियो । यसमध्य उसले इटहरी र धरानमा च्याम्पियनको ट्रफी पनि उचालिसकेको छ ।

लामो यात्रा र लगातारको प्रतिक्रियाका कारण खेलाडीहरुको प्रदर्शनमा केही कमजोरी आउने स्वीकार गर्दै प्रशिक्षक केसी भने, ‘खेलाडीमा थकान र इन्ज्युरी भएपनि क्लबमा एक दुई जना खेलाडी इन्ज्योर्ड भएपनि टिमको बेन्च पनि बलियो छ ।’ उनले थपे, ‘त्यसकारण टिमको प्रदर्शनमा कुनै समस्या आउँदैन ।’टिमका अग्रपङ्तिका दुई खेलाडी मार्टिन्स अजाई र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन् ।

यसअघिका कप्तान विक्रम लामा घाइते भएका कारण अहिले निराजन खड्काले थ्रीस्टारको नेतृत्व गरिरहेका छन् । ‘विक्रमलाई धेरै मिस गरिरहेका छौं तर उनको अनुपश्थितीले टिमको प्रदर्शनमा कुनै फरक पर्नेछैन ।’ प्रशिक्षक केसीले भने ।

छैटौं संस्करणको विजेता आर्मी दोस्रो सिमरा गोल्डकपको उपाधिको खोजीमा रहेको छ । अहिले नवीन न्यौपानेले प्रशिक्षण गरिरहेका छन् । त्रिभुवन आर्मी क्लब यो सिजन राम्रो फर्ममा देखिएको छ ।

उसले यसअघि खेलेको सात प्रतियोगितामध्य पाँचवटाको फाइनलमा पुग्दै चारवटाको उपाधि जितिसकेको छ । गत बैशाखमा भएको विशाल स्मृति गोल्डकप, काकडभिट्टा गोल्डकप, सतासी धाम गोल्डकप र सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितिसकेको छ ।

यस सिजनमा छैटौं फाइनल खेल्न लागेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले थ्रीस्टार क्लब नेपाली फुटबलको बलियो टिम भएपनि आर्मी पाँचौं उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने प्रतिक्रिया दिए । उनले भने, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै ट्रफी जित्छ ।’

सुदूरपश्चिम खप्तड गोल्डकपपछि आर्मीले इटहरी गोल्डकप र आहा रारा गोल्डकप खेलेमा उसको प्रदर्शन राम्रो रहन सकेको छैन । ‘लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गएको हो । अहिले राम्रो फर्ममा फर्किएको छ ।’ नवीनले भने ।

राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीसँगै विदेशी खेलाडीको मिश्रण भएको थ्रीस्टार नेपालकै उत्कृष्ट क्लब मध्यको एक हो भन्दै कप्तान भरत खवासले भने, ‘हामी प्रतियोगिता जित्न भनेर आएको र जित्छुु नै भनेर खेल्ने हो ।’

अहिले टिमका सेन्ट्रल डिफेन्डर जितेन्द्र कार्की घाइते भएका छन् भने मुख्य गोलकिपर विकेस कुथुपनि पूर्ण रुपमा फिट छैनन् । यद्यपी विकेसको इन्ज्युरी सामान्य हो ।

यस प्रतियोगितामा आर्मीले क्वार्टर फाइनलमा एपएिफलाई ४–० ले हराउको थियो भने सेमिफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० ले हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey