Mega Bank

भारतद्धारा दक्षिण अफ्रिका ८ विकेटले पराजित, कोहलीको ३५ औ सतक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 27 पटक हेरिएको

कप्तान विराट कोहलीले एकदिवसिय क्रिकेटमा ३५ औ सतक प्रहार गरेपछि भारतले दक्षिण अफ्रिका विरुद्धको छैटौ तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेको छ ।

जितसंगै भारतले ६ खेलको श्रृखंला ५–१ ले आफनो पक्षमा पारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम दक्षिण अफ्रिका ४६ ओभर ५ बलमा मात्र दुई सय चार रनमा अलआउट भयो ।

उसका लागि खाया जोन्डोले ५४ तथा एवी डिभिलियर्सले ३० तथा कप्तान एडीन मार्करामले २४ रन बनाउदा बाकी खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ भारतका सरदुल ठाकुरले चार विकेट लिए ।

जवाफमा भारतले ३२ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । भारतको जितमा कप्तान कोहलीले अविजीत १२९ रन बनाए ।

उनले ९६ बलमा १९ चौका र दुई छक्काको मद्दतले सतकीय पारी खेले । यस्तै अजिन्क्या राहानेले ३४ तथा शिखर धवनले १८ र रोहित शर्माले १५ रन बनाए ।

कोहलीको यो एकदिवसिय क्रिकेटमा ३५ औ सतक हो भने उनले कुल सतक सख्या ५६ पुर्याएको छन ।

भर्खरै

Advertisement