आइटिएफ तेक्वान्दोका पाँच खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 468 पटक हेरिएको

बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ ।

बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेक्वान्दो खेलाडीहरु सस्मन बस्नेत, विविका बस्नेत, आषिश थापा, शान्ताकुमार थापा मगर र निशान्त लामिछानेलाई सम्मान गरेको हो ।

सस्मनले बनेपा नगरपालिका र मोर्डन कलेजबाट समान २०÷२० हजार रुपैयासहित प्रशंशापत्र प्राप्त गरे । साथै सस्मन अध्ययनरत मोडल कलेजले उनलाई कक्षा ११ र १२ को लागि सत प्रतिशत छात्रावित्रि समेत प्रदान गरेको छ ।

सस्मनले २०१७ अगष्टमा इन्चोन शहरमा आयोजना भएको एसियन तेक्वान्दो च्याम्पियसिपमा स्पारिङतर्फ स्वर्णपदक तथा कोरिया ओपल अन्तर्राष्ट्रिय फेस्टिवलमा स्पारिङ तथा प्याट्रनमा रजत र काश्य हात पारेका थिए । सस्मनले सन् २०१६ मा बेलायतमै भएको विश्व तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका थिए ।

तेक्वान्दो आइटिएफ नेपालले २०१७ को डिसेम्वरमा भारतको बैग्लोरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिताका ४ जना पदक विजेताहरुलाई पनि सम्मान गर्यो ।

सम्मानित हुने खेलाडीहरुलाई प्रमुख अतिथि ओलम्पियन मुकुन्द हरि श्रेष्ठ, बनेपा नगरपालिकाकी उपमेयर रेखा दाहाल लगायतले सम्मानित गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey