टिआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१६
  • |
  • 187 पटक हेरिएको

काठमाडौं, १६  पुस । भारतमा भएको टिआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सोमबार ७ स्वर्ण पदक जितेको छ ।

भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि सुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा ४ स्वर्ण जित्न सफल भएको टिम अफ हेड रोशन खानले जानकारी सदए ।

फाइटतर्पm जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिसा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए । पुम्सेतर्पm रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।

पुम्सेमै विपिसा बिकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन् । सन्चिता थापामगर भने कांस्य पदकै सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सन्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरीले नेपाली टोलीको प्रशिक्षण समालेका थिए । च्याम्पियनसिपमा प्रकासमान राजभण्डारी र सुनीलबहादुर आलेमगरले निर्णायकको भूमिका निर्वाह गरेको नेपाली टोलीकी व्यवस्थापक उमा अधिकारीले जानकारी दिइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal