एन्फा चुनावः उम्मेदवारी मनोनयनको समय सकियो सुचि सहित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 361 पटक हेरिएको

फागुन ४, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आगामी चैत १४ गते हुने निर्वाचनका लागि कर्मा छिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन शुक्रबार प्यालनसहित एन्फा कार्यालय सातदोवाटो पुगेका शेर्पाले दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी मणि कुँवरले बिहीबारै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

शेर्पाको प्यालनबाट उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । झापा फुटबल संघका पंकज विक्रम नेम्वाङ, सुनसरी फुटबल संघबाट किशोर राई, मध्यपुर युथ एशोसियसनबाट उपेन्द्रमान सिंह, सरस्वती क्लवबाट राजेन्द्र न्यौपाने, कास्की फुटबल संघबाट कृष्ण थापा र सिन्धुपाल्चोकबाट वीरबहादुर खड्काको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्मेदवार कर्माले धेरै उम्मेदवारी परे पनि सहमतिमा टुंगो लगाइने जानकारी दिएका छन् । निर्वाचनबाट ४ जना अध्यक्ष निर्वाचित हुन्छन् ।

यता संस्थापन समूहबाट उपाध्यक्ष पदमा बारा फुटबल संघका माेहम्मद समिउल्लाह, कञ्चनपुर फुटबल संघबाट गणेशबहादुर चन्द, केन्द्रीय सदस्यहरू विराटजंग शाही र सुनील शमसेर राणा तथा थ्रीस्टार क्लवबाट अरूणमान जाेशीकाे उम्मेदवारी परेकाे छ ।

उम्मेदवारी मनोनयन सकियो

एन्फाको निर्वाचनका लागि उम्मेदवारी मनोनय समयसीमा सकिएको छ । शुक्रबार अपराह्न ४ बजेसम्म रहेको समयमा अध्यक्ष पदमा कर्मा छिरिङ शेर्पा र मणि कुँवरको उम्मेदवारी परेको छ ।

त्यस्तै ४ जना उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ । ६ जना कर्मा समूह र ५ जनाले संस्थापन पक्षबाट उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागि १२ जनाले मनोनयन फारम लगेका थिए ।

त्यस्तै १२ केन्द्रिय सदस्य पदका लागि ३५ जनाको उम्मेदवारी परेको छ । ३६ जनाले मनोनय फारम लगेका थिए ।

महिला सदस्यका लागि २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

मतदाता नामावली सार्वजनिक

एन्फाकाे चुनावमा मताधिकार पाएका ७७ प्रतिनिधिकाे नामावली सार्वजनिक भएकाे छ ।

एन्फा चुनावमा ४५ जिल्ला, १४ ए डिभिजन क्लव, ९ बी डिभिजन क्लव, ५ सी डिभिजन क्लव, खेलाडी संघ, प्रशिक्षक संघ, रेफ्री संघ र महिला संघ गरी ७७ मत हुन्छ ।

जसमा भक्तपुर जिल्ला फुटबल संघ, मकवानपुर जिल्ला फुटबल संघ र खेलाडी संघमा विवाद भएकाले त्यहाँकाे प्रतिनिधि छनाेट गरिएकाे छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey