नेपालमै पहिलो पटक हुने डवल लिग बास्केटबल भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 208 पटक हेरिएको

फागुन ४, काठमाडाैं । नेपालमै पहिलो पटक होम एण्ड अवे लिगको आधारमा क्लव बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । बास्केटबल लिग शनिबारदेखि सञ्चालन हुनेछ ।

प्ले फर डेप्राइभ्ड चिल्ड्रेन नेपाल नामक संस्थाको आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौंका ८ बास्केटबल क्लवको सहभागिता रहनेछ ।

प्रतियोगितामा साउथ साइडर्स बास्केटबल क्लव, बुढानिलकण्ठ बास्केटबल टिम, हिमालयन होम्स, गोल्डेनगेट कलेज, त्रिभुवन आर्मी क्लव, जेभियर कलेज, कीर्तिपुर बास्केटबल क्लव र बिशाल मिलन केन्द्रको टोली सहमावेश छ ।

करिव डेढ महिना अर्थात चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी प्रत्येक टोलीले लिग चरणमा होम र अवे गरी २ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष २ टोली प्लेअफमा पुग्नेछ । प्लेअफमा लिग चरणको पहिलो हुनेले चौथो स्थानकोसँग र दोस्रो हुनेले तेस्रो हुनेसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको उदघाटन खेल र फाइनल खेल राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउनेछ । विधागततर्फ उत्कृष्ट खेलाडी, स्कोरकर्ता, डिफेण्डर, इमर्जिङ प्लेयर र प्रशिक्षकले स्पोर्टस क्लोथिङ कम्पनी एन्टाको तर्फबाट जनही १० हजार बराबरको पुरस्कार पाउनेछ ।

नेपाली बास्केटबलमा यस स्तरको लिग नभइरहेको अवस्थामा लामो समयसम्म चल्ने लिगले नेपाली बास्केटबल प्लेयरहरुका लागि थप व्यवसायिक बन्ने नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले प्रतिक्रिया दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal