बेनी मिनी म्याराथनकाे उपाधि आर्य र करुणालाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१५
  • |
  • 159 पटक हेरिएको

म्याग्दी सदरमुकाम बेनीमा लिटल गार्डेन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ८ किलोटिर दुरीको मिनी म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्री प्रथम हुन सफल भएका छन् । उनले २६ मिनेटमा दौड पुरा गरेका थिए ।

त्यस्दै माउण्ट एभरेष्ट आवसिय माविका नविन रोकाले २७ मिनेट र मंगला मावि बाबियाचौरका महेन्द्र पुनले २७ मिनेट ५० सकेण्डमा दौड पुरा गरी क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका छन् । त्यसैगरी छात्रा तर्फ जनकल्याण मावि पुलाचौरकी करुणा बानियाँले ३१ मिनेटमा मिनी म्याराथन दौड पुरागरी प्रथम हुन सफल भएको विद्यालयका प्रिन्सिपल खुमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार, बेनी सामुदायीक माविकी सोनिया बरुवालले ३३ मिनेटमा र गलेश्वर आदर्श माविकी डिम्पल गुरुङले ३५ मिनेटमा दौड पुरागरी क्रमशः दोस्रो र तेस्रो हुन सफल भए । प्रतियोगितामा जिल्लाका विभिन्न १२ माध्यामिक विद्यालयका छात्रछात्राहरुले सहभागीता जनाएको प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुन सफल धावकहरुलाई क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

बेनी स्थित गणेशटोलबाट सुरु भएको दौडमा भाग लिएका विद्यार्थीहरुले बेनी हूँदै गलेश्वर पुगेर पुनः बेनी बजारलाई फन्को मारेर म्याराथन पुरा गरेका थिए । बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले दौड प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान हुने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey