गंगा जमुनामा कराते डोजो

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१४
  • |
  • 437 पटक हेरिएको

काठमाडौं, १४ पुस । गोदावरी नगरपालिकाको लेलेस्थित गंगा जमुना आदर्श माविले नेपाल सितोरियो कराते संघ, गंगा जमुना डोजो सञ्चालनमा ल्याएको छ । डोजोको शनिबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरियो ।

डोजोमा हाल ४५ खेलाडीलाई प्रशिक्षक दिलबहादुर घलानले प्रशिक्षण दिइरहेका छन् । उद्घाटनकै दिन खेलाडीको पेटी परीक्षा पनि सम्पन्न भएको छ । सहभागी सबै उत्तीर्ण भएको प्रशिक्षक घलानले जनाएका छन् । सोही अवसरमा डोजोका खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey