सिमरा गोल्डकपको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै, कसले मार्ला बाजी ?

0

सिमरा गोल्डकपको नवौं संस्करणको उपाधिका लागि भोली विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् ।

करिब डेढ बर्षको अन्तरालपछि फुटबलमा पुनः फर्किएको थ्रीस्टार यो सिजन पाँचौं प्रतियोगिता खेलिरहेको छ । पाँचौं प्रतियोगितामा थ्रीस्टारले तीनवटा फाइनल खेल्दै दुई प्रतियोगिताको उपाधि जितिसकेको छ ।

सिमरामा थ्रीस्टारले क्वार्टर फाइनलमा सुदूरपश्चिमलाई टाईब्रेकरमा हराएको थियो भने सेमिफाइनलमा मोरङ ११ लाई ४–२ ले हराएको थियो । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम जति बलियो भएपनि आफ्नो टिमले जित हात पार्ने प्रतिक्रिया दिएका छन् ।

‘भोली फाइनल हो । म विपक्षी जो भएपनि उसलाई जित्नका लागि धेरै मेहनत गरेका छौं ।’ त्रिभुवन आर्मी क्लबको प्रशिक्षण सम्हालेर सिमरा गोल्डकपको उपाधि जिताइसकेका मेघराज केसीले भने । केसीको प्रशिक्षणमा आर्मीले छटौं संस्करणको उपाधि जितेको थियो । ‘थ्रीस्टार र आर्मीको स्तर बराबरीमा छ । जसले बढी मेहनत गर्न सक्यो उसले जित्छ ।’ प्रशिक्षक केसीले भने ।

अहिले निकै नै ब्यस्त रहेको नेपाली फुटबल तालिकाका कारण प्राय सबै टिमका खेलाडीहरु इन्ज्युरीको मारमा परेका छन् । थ्रीस्टारले पनि एक महिनाको अन्तरमा चारवटा प्रतियोगिता खेलिसकेको छ ।

उसले इटहरीमा मदन भण्डारी स्मृति इटहरी गोल्डकप, धनगढीमा सुदुरपश्चिम खप्तड गोल्डकप, पोखरामा आहा रारा गोल्डकप र धरानमा बुढा सुब्बा गोल्डकप खेलेको थियो । यसमध्य उसले इटहरी र धरानमा च्याम्पियनको ट्रफी पनि उचालिसकेको छ ।

लामो यात्रा र लगातारको प्रतिक्रियाका कारण खेलाडीहरुको प्रदर्शनमा केही कमजोरी आउने स्वीकार गर्दै प्रशिक्षक केसी भने, ‘खेलाडीमा थकान र इन्ज्युरी भएपनि क्लबमा एक दुई जना खेलाडी इन्ज्योर्ड भएपनि टिमको बेन्च पनि बलियो छ ।’ उनले थपे, ‘त्यसकारण टिमको प्रदर्शनमा कुनै समस्या आउँदैन ।’टिमका अग्रपङ्तिका दुई खेलाडी मार्टिन्स अजाई र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन् ।

यसअघिका कप्तान विक्रम लामा घाइते भएका कारण अहिले निराजन खड्काले थ्रीस्टारको नेतृत्व गरिरहेका छन् । ‘विक्रमलाई धेरै मिस गरिरहेका छौं तर उनको अनुपश्थितीले टिमको प्रदर्शनमा कुनै फरक पर्नेछैन ।’ प्रशिक्षक केसीले भने ।

छैटौं संस्करणको विजेता आर्मी दोस्रो सिमरा गोल्डकपको उपाधिको खोजीमा रहेको छ । अहिले नवीन न्यौपानेले प्रशिक्षण गरिरहेका छन् । त्रिभुवन आर्मी क्लब यो सिजन राम्रो फर्ममा देखिएको छ ।

उसले यसअघि खेलेको सात प्रतियोगितामध्य पाँचवटाको फाइनलमा पुग्दै चारवटाको उपाधि जितिसकेको छ । गत बैशाखमा भएको विशाल स्मृति गोल्डकप, काकडभिट्टा गोल्डकप, सतासी धाम गोल्डकप र सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितिसकेको छ ।

यस सिजनमा छैटौं फाइनल खेल्न लागेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले थ्रीस्टार क्लब नेपाली फुटबलको बलियो टिम भएपनि आर्मी पाँचौं उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने प्रतिक्रिया दिए । उनले भने, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै ट्रफी जित्छ ।’

सुदूरपश्चिम खप्तड गोल्डकपपछि आर्मीले इटहरी गोल्डकप र आहा रारा गोल्डकप खेलेमा उसको प्रदर्शन राम्रो रहन सकेको छैन । ‘लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गएको हो । अहिले राम्रो फर्ममा फर्किएको छ ।’ नवीनले भने ।

राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीसँगै विदेशी खेलाडीको मिश्रण भएको थ्रीस्टार नेपालकै उत्कृष्ट क्लब मध्यको एक हो भन्दै कप्तान भरत खवासले भने, ‘हामी प्रतियोगिता जित्न भनेर आएको र जित्छुु नै भनेर खेल्ने हो ।’

अहिले टिमका सेन्ट्रल डिफेन्डर जितेन्द्र कार्की घाइते भएका छन् भने मुख्य गोलकिपर विकेस कुथुपनि पूर्ण रुपमा फिट छैनन् । यद्यपी विकेसको इन्ज्युरी सामान्य हो ।

यस प्रतियोगितामा आर्मीले क्वार्टर फाइनलमा एपएिफलाई ४–० ले हराउको थियो भने सेमिफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० ले हराएको थियो ।

हेड टूू हेड

यो सिजन थ्रीस्टार र आर्मी तेस्रो पटक आमने सामने हुँदैछन् । सुदूरपश्चिम खप्तड गोल्कपमा थ्रीस्टार आर्मीसँग २–१ ले पराजित भएको थियो । त्यसपछि इटहरी गोल्डकपको सेमिफाइनलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाई ब्रेकरमा थ्रीस्टारले आर्मीलाई ५–३ ले हराएको थियो ।

प्लेयर्स टू वाच

थ्रीस्टार

पछिल्लो समय राम्रो लयमा रहेका निराजन खड्काले यो सिजन एक ह्याट्रिक सहित पाँच गोल गरिसकेका छन् । यस्तै सुनिल बल अर्का खेलाडी हुन् जसले टिमलाइ जित तर्फ उन्मुख गराउन सक्छन् । प्रतियोगितामा सुनिल बलले २ गोल गरिसकेका छन् ।

आर्मी

आर्मीका सबै खेलाडी उत्कृष्ट फर्ममा छन् । अग्रपङ्तिमा भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, युवा मिडफिल्डर दिनेश हेम्जनसँगै टंक बस्नेत पनि राम्रो लयमा छन् । क्वार्टर फाइनलमा रातो कार्ड पाएर सेमिफाइनल गुमाएका स्ट्राइकर नवयुग श्रेष्ठ फाइनलमा भने मैदानमा फर्किनेछन् । यस प्रतियोगितामा जर्ज प्रिन्स कार्की र दिनेश हेम्जनले २–२ गोल गरिसकेका छन् भने नवयुग श्रेष्ठले पनि एक गोल गरेका छन् ।

कसले कहिले जिते

२०६६ मजदुर सहिद स्मृति कलब
२०६७ हिमालयन शेर्पा क्लब
२०६८ मनाङ मर्स्याङदी क्लब
२०६९ मनाङ मर्स्याङदी क्लब
२०७० नव जन जागृति क्लब
२०७१ त्रिभुवन आर्मी क्लब
२०७२ विजय युथ क्लब
२०७३ संकटा क्लब

Post Add 1025X115
Loading...