नेपाली क्रिकेट खेलाडी मेहनती छन तर एक्सपोजर छैन- प्रशिक्षक कुलकर्णी

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले नेपाली क्रिकेट खेलाडी निकै महेनती भएको भन्दै खुलेर प्रसंशा गरेका छन ।

नामिवियामा भएको डिभिजन २ मा शिर्ष दुई स्थानमा रहदै विश्वकप छनोटमा पुगेको नेपाली खेलाडीमा क्षमता धेरै भएपनि उनिहरुलाई एक्पोजरको कमि भएको ठहर कुलकर्णीको छ ।

कलकर्णीले क्रिकेट सम्बन्धी वेबसाईट क्रिकबजलाई दिएको एक अन्र्तवार्तामा कुलकर्णीले नेपाली खेलाडीहरु मेहेनती र क्षमता भएका खेलाडी छन, न्युजिल्याण्डमा भएको अन्डर नाइन्टिन विश्वकप अगाडीको छनोटमा परेका केहि खेलाडीहरु पनि निकै राम्रो फर्ममा छन ।

नेपाली टिमको फिल्डिङ निकै राम्रो छ, नेपालमा एकपछि अर्को टी–ट्वान्टी प्रतियोगिताले उनिहरुलाई ठुलो सहयोग गरेको छ । तर उनिहरुले अझ राम्रो एक्सपोजर पाएमा अझ माथि जाने पक्का छ । टिमले आफनो लेभल अनुसारको अनुभव पाउन सकेको छैन ।

साथै कुलकर्णीले स्पिनर सन्दिप लामिछानेलाई एक्ट्रा ट्यालेञ्ट भएको खेलाडी रहेको बताए । १७ बर्षको उमेरमा उनको बलिङमा जुन किसिमको भेरियसन छ त्यो निकै राम्रो छ ।

सन्दिपले प्रतियोगितामा १७ विकेट लिएका थिए । ३ दशलमव २३ को औसतमा उनले ६ खेलमा सर्वाधिक विकेट लिए । आसन्न इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने तयारीमा रहेका सन्दिपमा धेरैको नजर रहेको छ ।

कुलकर्णीले नेपालमा क्रिकेट कल्चर निकै राम्रो रहेको बताउदै घरेलु प्रतियोगितामा पनि ५ देखि १० हजार दर्शक आउनुले बताउछ की क्रिकेटको क्रेज कतिको छ भनेर ।

डिभिजन २ का लागि आइसीसीको पहलमा कुलकर्णी नेपालको ब्याटिङ कन्सल्ट्यान्ट रहेका छन ।

Post Add 1025X115
Loading...