विश्वकप छनोटमा नेपाललाई देखिएका चुनौती र अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 175 पटक हेरिएको

नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ बाट उपविजेता हुदै अर्को महिना मार्चमा हुने विश्वकप छनोटमा समुह बी मा परेको छ । नेपाली क्रिकेटका लागि यो निकै राम्रो मौका हो ।

तर नेपाली टिमलाई जिम्मेवारीका साथै दबाव पनि बढेको छ । बिश्वकप छनोटमा स्थान बनाएसंगै नेपाललाई एकदिवसिय मान्यता पाउने ढोका पनि खुलेको छ । विश्वकप छनोटमा एशोसिएट राष्ट्रहरुमध्ये पहिलो तीन स्थान ओगट्ने टोलीले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन ।

प्रतियोगितामा ९ वौं र १० औं स्थानमा रहने टिम डिभिजन टुमा झर्ने र पुनः डिभिजन टुको अर्को प्रतियोगितामा खेल्नु पर्ने हुन्छ । अब नेपालका लागि यो नै मुख्य चुनौती रहेको छ । यदि नेपाल सुपरसिक्समा पुग्न सके यो अहिलेसम्मकै ठुलो उपलब्धि हुनेछ ।

सुपर सिक्समा प्रवेश पाउने सबै एशोसिएट राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासंगै चार दिवसीय आईसिसि इन्टरकन्टिनेन्टल कप र आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनशिप खेल्ने मौका पाउनेछ । सुपर सिक्समा पुग्ने टोलीका लागि अर्को तीन बर्ष क्रिकेटमय बन्नेछ ।

विश्वकप छनोटको सुपर सिक्समा पुग्ने अवस्था

यसपटकको विश्वकपमा आठ टिमले सोझे स्थान बनाइसकेका छन भने दुई टिम छनोटबाट जानेछन । बिश्वकप छनोटमा सहभागि १० राष्ट्रलाई दुई समुहमा बिभाजन गरिएको छ । समुह चरणका खेलहरु राउण्ड रोबिन लिगका आधारमा हुनेछ र दुबै समुहका शिर्ष ३ स्थानमा रहेका टिम सुपर सिक्समा पुग्नेछन । सुपर सिक्समा पुगेका हरेक टिमले एक अर्कासँग ३-३ खेल खेल्नेछन ।

समुह चरणमा प्राप्त गरेको अंक सुपर सिक्समा पनि जोडिनेछ । तर समुह चरणमा हराएको देश सुपर सिक्समा पुगेको छैन भने सो अङक जोडिने छैन ।

सुपर सिक्समा प्राप्त अंकका आधारमा पहिलो दुई स्थान प्राप्त गर्ने टोलीले नै सन् २०१९ को बिश्वकपमा प्रवेश पाउनेछन् भने छनोटको उपाधिका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

नेपाललाई फेरी अवसर

सन् २०१४ को बिश्वकप छनोटमा पनि नेपालले यो अवसर पाइसकेको थियो तर सो बेला नेपाल असफल हुदा एकदिवसीय मान्यता, चार दिवसीय इन्टर कन्टिनेन्टल कप खेल्नबाट बञ्चित भएको थियो ।

पुर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणामा रहेको नेपाल टीम सो बेला डिभिजन थ्रि को च्याम्पियन बन्दै छनोटमा पुगेको थियो । तर न्युजिल्याण्डमा भएको छनोटमा नेपालको सफल हुन सकेन ।

सो बेला नेपालका मुख्य खेलाडी मानिएका सुवास खकुरेल र पारस खड्का अस्वस्थ हुन पुगे ।

करण केसी उत्कृष्ट प्रर्दशनका कारण यसपटक पनि क्यानडालाई हराउदै नेपालले फेरी अर्को अवसर पाएको छ ।

यसपटक नेपालले युएई, नामिबिया, केन्या र क्यानडा जस्ता टोलीहरुलाई पराजित गर्दै विश्वकप छनोटमा पुगेको छ । यसकारणले नेपाललाई अभ्यास पनि राम्रो भएको छ । तर पनि नेपालले आफ्नो ब्याटिङका निकै सुधार नगरे विश्वकप छनोटमा आशा गर्ने ठाउ छैन ।

त्यसमा पनि जिम्वावेमा नेपाल पहिलो पटक खेल्न जादैछ । त्यहाँको अवस्थाका बारेमा नेपाल निकै कम जानकार छ । प्रतियोगिताका लागि नेपालले तयारीको पाटोमा धेरै ध्यान दिनु पर्नेछ । त्यसका लागि नेपाली टिमले केहि दिन अगाडी गएर जिम्वावेमा नै प्रशिक्षण गर्नुपर्ने देखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal