एन प्याब्सन स्पोर्ट्स मिटमा पिपुल्स र नेरिक च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-११
  • |
  • 147 पटक हेरिएको

काठमाडौं, ११ पुस। पिपुल्स एकेडेमी र नेरिक दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा बुधबार च्याम्पियन बनेका छन् । पिपुल्स सिनियर ब्वाइज तथा नेरिक जुनियर ब्वाइजमा पहिलो भए ।

सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको सिनियर फाइनलमा पिपुल्सले नेरिकलाई ३२–२० ले पराजित ग¥यो । पिपुल्सका संकेत शाहीले १६ अंक जोडे । युनिभर्सलले माउन्ट कैलाशलाई ७१–६४ ले हराउदै तेश्रो भयो ।

जुनियरको उपाधि भिडन्तमा नेरिकले ग्रिनफिल्डको चुनौती ४१–३० ले समाप्त पा¥यो । नेरिकका विपिन खड्काले ११ स्कोर गरे । तेश्रो स्थानका लागि भएको खेलमा कान्तिपुर इङलिस स्कुलले पिपुल्सलाई २४–१५ ले पाखा लगायो ।

बास्केटबलको फाइनलसंगै एन प्याब्सन स्पोर्ट्स मिटमा समावेश सबै खेलको प्रतिस्पर्धा सम्पन्न भएको छ । स्पोर्ट्स मिटमा बास्केटबलसहित ब्वाइज क्रिकेट, ब्वाइज फुटसल र टेबलटेनिसको प्रतिस्पर्धा भएको थियो । क्रिकेटमा ग्रिनफिल्ड तथा फुटसलमा ज्ञान प्रकाश पहिलो भएका थिए । टेबलटेनिसमा आरुणी टिम च्याम्पियन बनेको थियो । सबै खेल विजेतालाई पुस २७ गते एक कार्यक्रमबीच पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey