सन्दिप बने प्रतियाेगिताकै सर्बोत्कृष्ट खेलाडी 

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 186 पटक हेरिएको

फागुन ३, काठमाडाैं । युवा लेग स्पिनर सन्दिप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको फाइनलमा युएर्इसँग पराजित हुँदै नेपाल उपविजेता बनेको छ भने विश्वकप छनोटको समूह बी मा स्थान सुरक्षित गरेको छ ।

सन्दिपले प्रतियोगिताभर सर्बाधिक १७ विकेट लिएका थिए ।

नेपालको हरेक खेलमा विकेट लिएका १७ वर्षीया सन्दिपले केन्याबिरुद्ध सिनियर करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । सन्दिपले केन्याबिरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएपछि नेपालले सहज लक्ष्य पाएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा उनले नामिवियाबिरुद्ध ४ विकेट लिएका थिए भने दोस्रो खेलमा ओमानबिरुद्ध २ तथा तेस्रो खेलमा युएईबिरुद्ध ३ विकेट लिएका थिए ।

युएईसँग बिहीबार भएको फाइनलमा उनले १ विकेट लिएका थिए । शतक बनाएर खेलिरहेका अस्फाम अहमदलाई उनैले आउट गराएका थिए ।

क्यानडाबिरुद्ध १ विकेटको नाटकीय जित हासिल गर्दा अन्तिम विकेटका लागि करण केसीसँग ५१ रनको साझेदारीमा सन्दिपले गतिलो साथ दिएका थिए ।

सन्दिप आईपीएल टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal