ग्रिनफिल्डलाई क्रिकेट उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०९
  • |
  • 405 पटक हेरिएको

ग्रिनफिल्डले दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज क्रिकेटको उपाधि सोमबार जितेको छ ।

टुंडिखेलमा भएको फाइनलमा ग्रिनफिल्डले ग्रिनलन्सलाई १० विकेटले पराजित ग-यो । तेश्रो स्थानका लागि भएको खेलमा एपेक्स लाइफले अभिषेक ज्ञान मन्दिर (एजीएम) लाई १० रनले हरायो । अंकुरका मन्दिप भुजेल ‘म्यान अफ सिरिज’ चुनिए भने ग्रिनलन्सका राम सुरत उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

जुनियर ब्वाइज बास्केटबलमा नेरिकले कान्तिपुर इङलिस स्कुललाई २५–१२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित ग¥यो । नेरिकको जितमा विपिन खत्रीले ९ अंक योगदान गरे । उपाधिका लागि नेरिकले ग्रिनफिल्ड र पिपुल्सबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

सिनियर ब्वाइजमा नेरिक र पिपुल्स एकेडेमी सेमिफाइनलमा पुगेका छन् । महेश खत्रीको १८ अंक सहयोगमा नेरिकले हिमशिलालाई ४२–२८ ले हरायो । पिपुल्सले भीमेश्वर एकेडेमीलाई ४०–१८ ले निराश पा-यो । पिपुल्सका अजय घलेले २५ स्कोर गरे । सेमिफाइनलमा नेरिकको भेट युनिभर्सलसंग हुनेछ भने पिपुल्सले माउन्ट कैलाशको सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey