नेपाल विश्वकप छनोटको समूह बी मा, पहिलो खेल जिम्बाबेसँग

0

फागुन ३, काठमाडौं । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगितामा नेपाल समूह बीमा परेको छ ।

नामिवियामा भएकाे डिभिजन टू मा युएर्इसँग पराजित भएपनि विश्वकप छनाेटमा नेपालकाे समूह टु‌ंगाे लागेकाे हाे ।

जिम्बाबेको हरारेमा यसै महिना हुने प्रतियोगितामा नेपाल अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हङकङसँगै समूह बी मा परेको हो ।

नेपालले पहिलो खेल फागुन २० गते जिम्बाबेसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र समूहको अन्तिम खेल २८ फागुनमा हङकङसँग खेल्नेछ ।

समूहको शीर्ष तीनभित्र रहन सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ भने एकदिवशीय मान्यताका लागि पनि योग्य हुनेछ ।

Post Add 1025X115
Loading...