Mega Bank
Prabhu Bank

युएईबिरुद्ध पारसको शतक तर, नेपाल हार्‍याे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 18 पटक हेरिएको

फागुन ३ काठमाडौं । कप्तान पारस खड्काले शतकीय पारी खेले पनि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको फाइनलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ ।

उपविजेतामा सीमित भएपछि नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवशीय विश्वकप छनोटको समूह बी मा परेको छ ।

युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा २७० रनमात्र बनाउन सकेपछि युएईसँग ७ रनको पराजय ब्यहोरेको हो ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान पारस खड्काले शतकीय पारी खेल्दै अविजित ११२ रन बनाए पनि नेपालको हार टरेन । उनले १०३ बलमा सामना गरी ३ चौका र ८ छक्का प्रहार गरेका थिए ।

नेपालले अन्य खेलको तुलनामा आजको खेलमा ब्याटिङमा सुधार गरे पनि खेलमा जित हासिल गर्न सकेन । ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । नवौं र दशौं ओभरमा क्रमसः दिलिप १३ र ज्ञानेन्द्र २४ रनमा आउट भएपनि नेपालले पावर प्लेभित्रै २ विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र कप्तान पारस खड्काले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरी इनिङ उकासेका थिए । २७.२ ओभरमा दिपेन्द्र ३५ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि आएका शरद भेषावकरले पनि कप्तान पारससँग मिलेर ६३ रनको साझेदारी गरे ।

चौथौ विकेटका रुपमा भेषावकर ३० रनमा आउट हुँदा नेपालको स्कोर १७४ थियो । ४१औं ओभरमा आरिफ शेख पाचौं विकेटका रुपमा आउट भए ।

रोहित कुमार पौडेल २३ रन बनाएर ४५.१ ओभरमा आउट भए । त्यसै ओभरको पाचौं बलमा करण केसी पनि आउट हुँदा नेपालले सातौं विकेट गुमायो । अर्को ओभरको चौथो बलमा आउट भएका सोमपालले पनि ६ रनमात्र बनाए ।

यसअघि नामिवियाको विन्डहकस्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

उसका ओपनर रोहन मुस्तफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गर्न सफल भए । युएईको स्कोर १०१ रन हुदा नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । रोहन मुस्तफा ५१ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अस्फाक र घुलाम साबेरले अर्को बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए । तर युएईको स्कोर १६३ रन हुदा नेपालले दोस्रो विकेट लियो । उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए ।

युएईका ओपनर अस्फाक अहमदले नेपाल विरुद्ध सतक प्रहार गरे । अस्फाकले १०९ बलमा १० चौका र २ छक्काको मद्दतले सतक हिर्काए । युएईको स्कोर २११ रन हुँदा नेपालले तेस्रो विकेट लियो ।

यसपटक सन्दिपले अस्फाकलाई सिकार बनाए । अस्फाकले ११४ रन बनाए । त्यसपछि सैमन अनवर ब्यक्तिगत ४० रनमा आउट भएपछि युएईले २६६ रनमा चौथो विकेट खेर फाल्यो ।

युएईका लागि रमिज सहजादले ४१ रनको योगदान गरे । बलिङतर्फ नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र बसन्त रेग्मीले एक एक विकेट लिए ।

भर्खरै

Advertisement