गोजुकाइमा श्रेष्ठको निरन्तरता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०७
  • |
  • 279 पटक हेरिएको
अशुराज श्रेष्ठलाई अध्यक्षमा पुनः निरन्तरता दिदै नेपाल गोजुकाइ कराते डो संघको प्रथम चुनावी साधारणसभा शनिबार धुम्बाराहीमा सम्पन्न भएको छ । सभाले श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।
चार उपाध्यक्षमा जंगबहादुर हमाल, जनार्दन उप्रेती, अच्युतराज उप्रेती र किशोर हेक्का रहेका छन् । इन्द्रबहादुर शाही खड्गेले महासचिव, विमलप्रसाद थपलियाले सचिव र श्यामकृष्ण बाटाले कोषाध्यक्षको जिम्मेवारी पाए ।
जयप्रकाश राई, शान्ति लामा, पेम्बा शेर्पा, सिर्जना दाहाल, मिना तामाङ, सागर केसी, राकेशकुमार राजवंशी, सुशिलराज उप्रेती, बालकुमारी थामी र मनोजकुमार उप्रेती सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey