सिमरा गोल्डकपको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 140 पटक हेरिएको

फागुन ३, बारा । नवौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रीस्टार क्लव आमनेसामने हुने भएका छन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने ।

विहीबार सिमरा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोलले हराउँदै आर्मीले थ्रीस्टारसँगको भेट पक्का गरेको थियो ।

खेलको ३८औं मिनेटमा वीरगञ्जको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै दिनेश हेम्जनले गोल गरेपछि पहिलो हाफमा आर्मीले १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा अझै शशक्त बनेको आर्मीले २ गोल थप्यो । ६०औं मिनेटमा आर्मीले उपहार गोल पायो । आर्मीका कप्तान भरत खवासको क्रस क्लियर गर्न लाग्दा विष्णु सुनुवारले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

६७औं मिनेटमा टंक बस्नेतको पासलाई सदुपयोग गरी दिप लामाले आर्मीको अग्रता ३–० बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र आर्मी फाइनलमा पुग्यो ।

आर्मी सिजनको पाचौं उपाधि नजिक पुगेको छ भने थ्रीस्टार तेस्रो उपाधिको खोजिमा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey