यु–१२ अन्तर विद्यालय फुटसलको उपाधी अंकुर बिद्याश्रमलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०६
  • |
  • 288 पटक हेरिएको

काठमाडौं, ६ पुस । एपेक्स लाइफ स्कुलद्वारा आयोजित यू–१२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको फाइनल उपाधि अंकुर बिद्याश्रमको पोल्टामा परेको छ ।

शुक्रबार भएको फाइनल खेलमा अंकुर बिद्याश्रमले रेडियन्ट पब्लिक स्कुललाई १–० जितेको हो । गत आइतवारदेखि शुरू भएको प्रतियोगिताको सेमिफाइनलमा एपेक्स लाइफ स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम किड्स लर्निङ स्कुल पुगेका थिए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खेलकुदका माध्यमबाट विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने अवसर मिलेको बताए ।

उनले यस्ता प्रतियोगिताहरुले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको सन्देश दिनेमात्र नभइ नवप्रतिभाहरुको पहिचान गर्ने अवसर मिलेको पनि बताए ।

प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुल, जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल लगायतका टिमहरुको सहभागिता रहेको थियो ।

समापन समारोहमा एनप्याब्सनका पूर्व उपाध्यक्ष सूर्य बहादुर अधिकारी, महासचिव सुवास न्यौपाने, काठमाडौं अध्यक्ष विष्णु प्रजापती, बरिष्ठ उपाध्यक्ष खड्ग बस्नेतलगायतको उपस्थिति थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey