प्रधानसेनापति राष्ट्रिय पुरूष भलिबलमा ८ टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 207 पटक हेरिएको

फागुन ३, काठमाडौं । आइतबारदेखि सुरु हुने प्रधानसेनापति तेस्रो राष्ट्रिय भलिबलमा ८ टोलीको सहभागिता रहने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली सेनाले फागुन ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन बिभागीय र पाँच बिकास क्षेत्रका टोलीको सहभागिता रहने जानकारी दिएको हो ।

लिगकम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताका सबै खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कवर्डहलमा हुनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, उपबिजेताले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र प्रशिक्षकले जनही १० हजार पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey