अंकुर र रेडियन्ट यु–१२ फुटसल प्रतियोगिताको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०५
  • |
  • 377 पटक हेरिएको

काठमाडौं । एपेक्स लाइफ स्कुलद्धारा आयोजित यु–१२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको फाइनलमा अंकुर बिद्याश्रम र रेडियन्ट पब्लिक स्कुल पुग्न सफल भएका छ ।

गत आइतवारबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा एपेक्स लाइफ स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर बिद्याश्रम किड्स लर्निङ स्कुल पुगेका थिए ।

पहिलो सेमिफाइनल एपेक्स लाइफ स्कुल र अंकुर विद्याश्रम र दोस्रो सेमिफाइनल रेडियन्ट पब्लिक स्कुल र किड्स लर्निङ स्कुल बिच भएको थियो ।

फाइनल खेल तथा समापन शुक्रबार हुने एपेक्स लाइफ स्कुलका संयोजक प्रकाश भट्टराईले बताए ।

प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुल, जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल लगायतका टिमहरुको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey