नयाँ फिफा बरियतामा नेपाल कुन स्थानमा ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 213 पटक हेरिएको

फागुन ३, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १६५औं स्थानमा यथावत छ ।

अघिल्लो बरियतामा ६ स्थान सुधार गर्दै १६५औं स्थानमा पुगेको नेपाल बिहीबार सार्वजनिक गरिएको नयाँ बरियतामा यथावत रहेको हो ।

दक्षिण एशियाली बरियतामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १०२औं वरियतामा छ भने माल्दिभ्स १५०औं स्थानमा यथावत छ । त्यस्तै भुटान १८८औं, बंगलादेश १९७औं, श्रीलंका २००औं र पाकिस्तान २०३औं स्थानमा छन् ।

विश्व वरियताको शीर्ष स्थानमा जर्मनी यथावत छ । वरियताको १ देखि १७ स्थानसम्म अघिल्लो महिनाकै यथावत छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey