भ्याली पब्लिक र चाँदबाग फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०५
  • |
  • 194 पटक हेरिएको

भ्याली पब्लिक र द चाँदबाग स्कुल प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा भ्याली पब्लिकले भद्रकालीलाई ५०–३५ ले पराजित ग¥यो । भ्याली पब्लिककी सुमिना तामाङले १७ अंक जोडिन् । चाँदबागले ग्रिनल्यान्डलाई १४–१० ले हरायो । चाँदबागकी अनुषा केसीले ९ अंक बटुलिन् ।

नेसनल युनाइटेड स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा स्काइलार्क र एन्जल्स हर्ट उपाधिका लागि भिड्ने भएका छन् । स्काइलार्कले लालीगुराँसको यात्रा ३७–२९ ले पूर्णविराम लगायो । स्काइलार्कका हेमन्त मगरले १७ स्कोर गरे । एन्जल्स हर्टले ग्रिनल्यान्डमाथि ३५–२० को जित निकाल्यो । विजयी टिमका लागि प्रतीक गौलीले १९ अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey