काठमाडाैं जेभियर नेरिक कप अन्तरबिद्यालय बास्केटबलकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०४
  • |
  • 133 पटक हेरिएको

नेप्लेज । काठमाण्डौ जेभियर छैटौं नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामाको सिनियर ब्वाईजतर्फ समिफाईनलमा प्रवेश गरेको छ ।

बुधवारको क्वाटर फाईनल खेलमा सन्दिप मगरको उत्कृष्ट ३० स्कोरको मद्दतले काठमाण्डौ जेभियरले आयोजक नेरिकको बी टिमलाई ५६–४३ को स्कोरमा हराउदै सेमिफाईनलमा स्थान बनाएको हो ।

सिनियर ब्वाईजको अन्य खेलमा सफलता हात पादै वल्सनले नेरिक एलाई४८–३३ र पिपुल्सले किङ्सलाई ४६–३० को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

पराजित दुवै नेरिक ए र किङ्सले पनि यस अघिनै अन्तिम आठमा स्थान पक्का गरिसेकेका छन् । शंखमुल स्थित आयोजक नेरिक स्कुलको कोर्टमा भएको सिनियर गल्सको खेलमा नेरिकले ज्ञाननिकेतनलाई २३–१२ को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । नेरिकको जितमा उत्कृष्ट प्रदर्शन गरेकी बिम्नरा खत्रीले सर्वाधिक १२ स्कोर गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey